भकारीहरू
यहाँ प्रवेश पाउँदैनन्
किनभने,
तिनको आवश्यकता छैन
यहाँ दाईँ नै हुँदैन,
दराज र पलङहरू
यहाँ देखिँदैनन्
किनभने,
तिनको पहुँच नै हुँदैन
ठाउँ छैन
सामथ्र्य पनि छैन,
भकारीहरू
यहाँ प्रवेश पाउँदैनन्
किनभने,
तिनको आवश्यकता छैन
यहाँ दाईँ नै हुँदैन,
दराज र पलङहरू
यहाँ देखिँदैनन्
किनभने,
तिनको पहुँच नै हुँदैन
ठाउँ छैन
सामथ्र्य पनि छैन,
लुतो फाल्न पाएको छैन तीज पो शुरु भयो !
हेरेनन् कि क्यालेन्डर कि चाड नै अगि गयो !
जन्माष्टमी आए सँगै तीज पो लाउथ्यो पहिले !
यति चाडै आउन थाल्यो के भएर अहिले !
जन्मे की खै अर्का कृष्ण असारैमा फेरि ?
...
पर्दामा तिम्रो आगमनले
दसवटा गाडी १२ फिट माथि उड्दैनन्
सयवटा गुण्डाहरू एकैपटक ढल्दैनन्
न कुनै आतंक रोकिन्छ सहरमा
न ’बचाऊ...’ भन्दै
तिम्रो पिठ्युँमा लुक्न आउँछे कुनै गाउँले युवती
...
यी छुटेकाहरुलाई बिर्सने छुट
मैले दिएको छैन मलाई !
खै !
कति पाइला पर पुगेपछि
देख्दैनन् आँखाहरुले छुट्टिएको बिन्दु !
कति दिनको मौनतापछि बर्बराउदैनन्
ओठहरुले वियोगको धुन ।।
यादह ...
एका अर्कालाई ठेल्दै मौसम पनि आए
गतवर्ष झैँ चरक्क गर्मीसँगै
आयो महिना जुन
खुसीको एकदुई बुँदा पानी लिएर
आशाका थोपाहरूले
उसको रुखो धरतीलाई अभिषेक गर्छन्
’एन्टी चाइल्ड लेवर डे’ को सूत ...
यतिबेला म मरेको छु
मेरो लाश बोकिरहेको मानिस
मेरै तेह्र दिने दाजुभाई हो,
जो मसंग तेह्र वर्ष बोलेन !
अर्को छ
मेरो लाश बोक्न पालो कुरिरहेको
ऊ घर जोडिएको छिमेकी हो
जसको मन मसंग कैलै ...
मलाई यो स्वीकार गर्दै गर्दा काफी शरम लाग्छ, म कहिले लामो उपन्यास पढ्न सक्दिनँ । म कहिले लामो उपन्यास पढ्न सक्दिनँ, मैडम बाभोरी वा वार एन्ड पीस जस्ता महान उपन्यास पनि । अवश्य डन क्विजोट बारम्बार पढेको ...
आमा !
बाले भन्नू भाको
छोरा मान्छे रुनु हुदैन हो ?
धत लाटो !
छोरा मान्छे काठ हो र नरुनु ?
छोरा मान्छे लास हो र नरुनु ?
छोरा मान्छे रुनु हुन्छ छोरा
तिमी रुनु
तिमी छोरी जस्तै धक फुकाएर र ...
ए, घाउ ....!
घरीघरी मलाई नपछ्याउ !
जति दुख्नु थियो दुख्यो
यो भन्दा बढी नदुखाउँ !
म सहन सक्तिन ती प्रहारहरु
बचनका तीखा बाणहरु !
सहने मुटु कमजोर भैसक्यो
ढुकढुकी सास सुक्दै गैसक्यो !
अब के ...
यदि मरेँ भने युद्धमा
बक्स भित्र हालेर घरमा
पठाउनु भए सम्भव
नत्र जलाउन मिले जलाउनु
नमिले माटोमा लुकाउनु
त्यो पनि नमिले कतै फालिदिनु
मेरो लासलाई !
राईफल राखेर छातीमाथि
...केही सिर्जनमा छरेँ कविकला छर्नै छ बाँकी अझ
केही सिर्जनमा भरेँ रङकला भर्नै छ बाँकी अझ
आशामा तँ नछर्किदे नुन धुलो दे स्वास्थ्य यो गाथमा
हे हे मृत्यु ! तँ पर्खिदे दिन दुई बाँचूँ सबैसाथ म । १
म ...
जिज्ञासा र कौतुहलले भरिएर पनि
रित्ता रित्ता देखिने ती शान्त आँखाहरू
धारणा र मान्यताले भरिइनसकेको
पूर्वाग्रह र अभिमानको जालोमा नजेलिएको
त्यो स्वच्छ, शुद्ध अनि पारदर्शी मन
फेरि त्यही बाला ...