IMG-LOGO

मलामी

 सोम, सावन १३, २०८२  – हेमन्त गिरी

यतिबेला म मरेको छु मेरो लाश बोकिरहेको मानिस मेरै तेह्र दिने दाजुभाई हो, जो मसंग तेह्र वर्ष बोलेन !   अर्को छ मेरो लाश बोक्न पालो कुरिरहेको ऊ घर जोडिएको छिमेकी हो जसको मन मसंग कैलै जोडिन मानेन !   पछाडि छन्‌ मलाई जलाउने विधिबारे छलफल गरिरहेका आफन्तहरू जसले मलाई चलाउने विधिबारे कहिलै छलफल गरेनन् !   धेरै छन् यो मलामीको भिडमा जो मौन छन् , कसैले चलन निभाइरहेका छन् ! कसैले जलन निभाइरहेका छन् !   कतिले मलामी आउन पाइन भन्ने सन्देश पठाएका छन् ! ती तिनै हुन् जो जिऊँदो हुन्जेल आउन नै चाहेनन् !   म सोंचिरहेछु– लाश बनेपछि यति प्यारो हुने मानिस सास हुन्जेल किन प्यारो नहुने होला ?!   ऊ… हस्यांगफस्यांग गर्दै कोही आइपुग्यो अन्तिमपटक मेरो मुख हेर्न भनी ! सायद त्यो मेरो छोरो हो जसले तेरो मुख कहिलै हेर्दिन भनी घर छोडेको थियो ! !   लाशले ठूलो कुरो गर्‍यो नभन्नुहोला है,, जिऊँदो हुन्जेल त कहाँ बोल्न सकिंदो रहेछ र बेबारिसे मरिन्छ कि भन्ने डरले पनि ! मरियो हजुर शानदार मरियो, बाँचुन्जेल जसरी बाँचे पनि !   खोई त हजुरको फुलबुट्टे श्रद्धाञ्जली ? छुट्नुहोला नि फेरि….! ! !  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्