IMG-LOGO

तिमी हिरो हैनौ विजय

 मंगल, भदौ ३, २०८२  – देवव्रत तापस घाँ

पर्दामा तिम्रो आगमनले दसवटा गाडी १२ फिट माथि उड्दैनन् सयवटा गुण्डाहरू एकैपटक ढल्दैनन् न कुनै आतंक रोकिन्छ सहरमा न ’बचाऊ...’ भन्दै तिम्रो पिठ्युँमा लुक्न आउँछे कुनै गाउँले युवती   न तिम्रो चिच्च्याहटमा चर्किन्छन् पर्खालहरू न त तिम्रो उपस्थितिमा बज्छ उत्तेजित पाश्र्व संगीत आउँछौं र जान्छौं जान्छांै र आउँछौं तिमी हिरो हैनौ तिमीलाई सुहाउँदैन र साँच्चै ! म त्यो हेर्न चाहन्नँ पनि ।   पर्खालहरू भत्किएका छन् टुटफुट इँट्टा–बालुवाले अग्लिएको छ धरातल त्यहाँमाथि उभिएर अग्ला देखिएका छौं तिमी पनि यो धरातल जतिबेलै भासिन सक्छ ।   तर यतिबेला मेरो च्यात्तिएको हृदयमा बजिरहेको सारंगी तिमी हौ भट्टीको धुवाँभित्र हराएको गीत पनि तिमी हौ ।   कहिले असफलताका गल्लीहरूमा बेरोजगारीले पिसिन्छौ कहिले सहरको चिसो भुइँमा एक्लोपनले बेस्सरी अँठ्याउँदा बियरको भिटामिन बनेर मिसिन्छौ लाखे मार्गमा मेरै निरीह पैतालामा घिस्रिने थिएटरका खस्रा पर्खालमा मेरै निर्बल हत्केलामा उभिने तिमी हिरो हैनौ विजय   जब तिमी पर्दामा देखिन्छौ त्यहाँ पराजयको घाउ बोकेर उभिएको म हुन्छु तिम्रो ऐना अगाडि उभिएर म आफ्नो अनुहारको धुलो पुस्छु ।   (अहिलेका चर्चित नायक विजय बरालबारेमा कविले लेखेको कविता)  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्