IMG-LOGO

आँशु

 सोम, सावन ६, २०८२  – निभा शाह

आमा ! बाले भन्नू भाको छोरा मान्छे रुनु हुदैन हो ? धत लाटो ! छोरा मान्छे काठ हो र नरुनु ? छोरा मान्छे लास हो र नरुनु ? छोरा मान्छे रुनु हुन्छ छोरा तिमी रुनु  तिमी छोरी जस्तै धक फुकाएर रुनु ।   स्व चोटहरुमा रुनु पर चोटहरुमा रुनु  रुनु आँशुको सुन्दरता हो तिमी आँशुको सुन्दरतामा रुनु   हृर्दय निचोरिएको बेला झरी जस्तै रुनु आँशु त ताल फुटाउने नदी हो तिमी नदी जस्तै रुनु ।   घनघोर बादल छाए तिमी बादलुको विभोरतामा रुनु हिमालमा घाम पोखिए तिमी घामको सुन्दरता रुनु रुनु छोरा रुनु घाम पोखिएको हिमाल जस्तै रुनु   लामो सितलहरुमा घाम नदेखिए तिमी घामको  सम्झनामा रुनु लामो औशीहरुमा जून नदेखिए तिमी जूनको सम्झनामा रुनु रुनु छोरा रुनु रुने भंगालोहरुमा रुनु ।   रुनु छोरा रुनु मन दुखेको बेला रुनु रुनु छोरा रुनु मन हाँसेको बेला रुनु ।   रुनु छोरा रुनु बजुको कोखेलामा रुनु बाजेको काधमा रुनु बजुको ओढनीलाई रुमाल बनाएर रुनु ।   रुनु छोरा रुनु मन उगाडो भए रुनु मन अँध्यारो भए रुनु ।   आमाको अंगालोमा बेरिएर रुनु बाको छातीमा टासिंएर रुनु साथीको हत्केलालाई रुमाल बनाएर रुनु रुनु छोरा रुनु बादल लागेको बेला झरी भएर रुनु ।   रुने अंगालो नभेटे शिरानीलाई अंगालो बेरेर रुनु रुखहरुलाई अङ्गालो बेरेर रुनु आफ्नै औंलाहरुलाई रुमाल बनाएर रुनु आफले आफूैलाई अंगालो बेरेर रुनु  रुनु छोरा रुनु रुने अंगालोहरुमा रुनु रुने भंगालोहरुमा रुनु ।   कुनै भंगालाहरु कहिल्यै संगम हुदैनन् ती भंगालाहरुमा रुनु घट–घटमा रुनु मरघटमा रुनु ।    मुटु जलिरहेको बेला मुटुलाई शितलता दिन रुनु घाम पोखिएको हिमाल जस्तै रुनु   स्व पिडामा रुनु पर पिडामा रुनु आँखामा झुण्डाइएका  बगरका पर्दाहरु च्यातेर तिमी नदी जस्तै रुनु तिमी नदी जस्तै हुनु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्