ए, घाउ ....! घरीघरी मलाई नपछ्याउ ! जति दुख्नु थियो दुख्यो यो भन्दा बढी नदुखाउँ ! म सहन सक्तिन ती प्रहारहरु बचनका तीखा बाणहरु ! सहने मुटु कमजोर भैसक्यो ढुकढुकी सास सुक्दै गैसक्यो ! अब केही बाँकी छैन मात्र बाकी छ त एउटै मन ! म रमाउन, हाँस्न, मुस्कुराउन चाहान्छु मेरो दुःखमा दःुखी हुन किन आउछौं ए घाउ ! कति दुख्छ मलाई असहाय पिडा हुन्छ अनि रहर सेलाउदै खुसीले पनि ठग्दै जान्छ ! मन कारागारको जेल जस्तै लाग्छ ! म आत्तिन्छु,छट्पटिन्छु जब एक्लोपनको महसुस हुन्छ अनि हार गुहार गर्दै बोलाउछु ! जसले मलाइ बुझेको छ ! मेरो परेलीभित्र भिझेको छ ! नयनमा टल्पलाएको मेरो प्रिय आँशुलाइ ! म बोलाउछु..... तिमी कहाँ छौं ?? आउ ! मेरो आँखाबाट यसरी बर्सिदेउ जहाँ बर्षातको भेल पनि सोच्न बाध्य होस् यसरी बर्सिदेउ मेरो मनमा भक्कनिएको त्यो गाठो आँसु सँगसगै ति घाउ र पिडा पनि बगोस जब तिमी मेरो नयनबाट बगिदिन्छौ नि मेरो मन हल्का हुन्छ मलाई सकुन् मिल्छ अनि म भित्रको घाउ पिडा बिर्सिन्छु आखिरमा... खुसीमा,दुःखमा मेरो नयनमा बसिरहने साथी त तिमी नै रहेछौ प्रिय आँसु ...! जब मलाई पिडा हुन्छ तिमी यसरी नै बगिदिनु .. मेरो साथी.. प्रिय आँसु
