२२ वर्ष अघि स्थापना भएको इन्दे्रश्वर क्याम्पसले काभे्र जिल्लाको शैक्षिक विकासमा महत्वपूण भूमिका खेलेको रुपमा परिचित छ । द्यद्यक्, द्यभ्म्, द्यब्, द्यब्क्ध्, (सोसियल वर्क) विषयमा अध्ययन हुने यस कलेजको शैक्षिक नेतृत्व २०६३ सालदेखि निरन्तर शिक्षण सेवामा लाग्नुभएका शिक्ष सेवी श्रीकुमार सुवालले क्याम्पसको प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । इन्दे्रश्वर क्याम्पसको शैक्षिक स्तरीयता, कक्षा १२ को नतिजा सार्वजानिक भएसँगै स्नातक तहको भर्ना अभियानको सवालमा क्याम्पस प्रमुख श्रीकुमार सुवालस“ग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
इन्दे्रश्वर क्याम्पसमा स्नातक तह व्यवस्थापन संकायमा भर्ना अभियानको सन्दर्भमा के भइरहेको छ बताइदिनुस न ?
कक्षा १२ को नतिजा सार्वजानकि भए सँगै स्नातक तह व्यवस्थापन संकायमा विद्यार्थी भर्ना अभियान सञ्चालन भएको छ । विगत ५ वर्ष अघि र अहिले अध्ययन गर्ने विद्यार्थीहरको चाप कम छ । विद्यार्थीहरुको चाहाना अध्ययन गर्दै पढ्दै गर्दै गर्ने सोच बनाउने भएको हुँदा नजिकमा रहेको कलेज भन्दा रोजगारीको अवसरको खोजीका कारण बनेपा, भक्तपुर, काठमाण्डौ पढ्न जाने, अधिकाशं विद्यार्थीहरु +२ अध्ययन सकिना साथ विदेशमै पढ्न जाने तयारी गरेको पाइन्छ । राज्यले शिक्षा नीतिमा परिवर्तन गरी शैक्षिक नितिमा परिवर्तन गरी शैक्षिक दक्ष जनशक्तिलाई देशमै राख्न सक्नुपर्छ ।
इन्दे्रश्वर क्याम्पसले विद्यार्थीहरुको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन गरेका सकारात्मक प्रयासहरु के के छन् ?
विगत २२ वर्ष देखिनै काभे्र जिल्लाको दक्षिण भेगका नागरिकहरुलाई गुणस्तरीय शिक्षार ज्ञान प्रदान गर्ने हाम्रो मुख्य उद्देश्य हो । त्यहि अनुसार हाम्रो व्यवस्थापन टिम , शिक्षक वर्ग प्रशासनिक क्षेत्रका कर्मचारी सबै एकतावद्ध भएर लागि परेका छौं । इन्दे्रश्वर क्याम्पसमा भौतिक पूर्वाधार निर्माणमा सहजता छ । शैक्षिक वातावरण राम्रो छ । मल्टी मिडियाबाट कक्षा सञ्चालन, उपयूक्त पुस्तकालय, कम्प्यूटर ल्याबको प्रबन्ध गरिएको छ । न्यूनतम शुल्कमा गुणस्तिरीय शिक्षा प्रदान गरेका छौं । पाठ्यक्रमको विकासलाई आत्मरात गर्दै सिप सहितको प्राविधिक शिक्षा दिन हामी तयार रहेका छौं । द्यद्यक्, द्यभ्म्,द्यब्, द्यब्क्ध् अंगे्रजी र नेपाली माध्यमबाट अध्यापन गराएका छौं ।
शैक्षिक गन्तव्य अपूरो भयो शिक्षा प्रणाली गरिखाने उद्यमसँग जोडिएन भनिन्छ प्राविधिक सिप सहितको शिक्षा प्रदान गर्ने सवालमा इन्दे्रश्वर क्याम्पस किन पछि परेको ?
व्यवस्थापन, शिक्षा र मानविकी संकायको स्नातक तहको अध्यापन गरिन्छ । यी संकायहरु, सैद्धान्तिक बेसी प्राविधिक पक्ष कम समेटिएको छ । शिक्षालाई उद्यमशिलतामा जोडिनुपर्छ रोजगारीको श्रृजना गरी आर्थिक उपार्जन गर्न सकेको खण्डमा मात्र युवा जनशक्ति स्वदेशमै अडिन सक्छन् । कृषि पर्यटन क्षेत्रलाई उद्योगसँग जोडेर शैक्षिक अर्ध शैक्षिक जनशक्तिलाई देशमा नै काम गर्ने वातावरण हुनुपर्ने त्यसो हुन सकेको छैन । शैक्षिक संस्थाले आफ्नो श्रोत साधन श्रम र सिपको प्रयोग गरेर देशले निर्धारण गरेको मापदण्ड अनुसार गुणस्तिरीय शिक्षा प्रदान गर्ने हो । सामुदायिक क्याम्पस होस या संस्थागत विद्यालय दुवैले उक्त जिम्मेवारी पूरा गरेको छ । अहिलेको पाठ्यक्रमको विकासले अर्ध प्राविधिक शिक्षा प्रदान गरिएको अवस्था छ । शैक्षिक गन्तव्य पूरा हुन उच्च शिक्षामा सफलता हाँसिल गरेका सबै शैक्षिक जनशक्तिले आफ्नो ज्ञान सिप प्रयोग गरी मुलुकको सर्वाङ्खीण विकासमा महत्वपूर्ण योगदान दिने अवसर पु¥याउने अवसर हुनु पर्छ । अहिलेको पाठ्यक्रम अनुसार शिक्षण सिकाईलाई अभ्यासमा रुपान्तरण गरेर प्रतिवेदन लेख्ने कार्य गरिएको छ ।
क्याम्पसको भावी शैक्षिक योजना के के छन् ?
भएको श्रोत साधनलाई अधिकतम प्रयोग गरेर उच्च शिक्षा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरुका शिक्षण सिकाइलाई थप प्रभावकरी बनाउने योजना छ ।
व्यवस्थापन, मानवीकी र शिक्षा संकाय अध्ययन सफलता हँसिल गरेका जनशक्तिको उपयोगीताका बारेमा प्रष्ट पारी दिनुस न ?
व्यवस्थापन, मानवीकी र शिक्षा संकाय सबैको आ आफ्नो विशेषता छ । यी विषयमा विशेषज्ञता हाँसिल गरेका जुन सुकै जनशक्ति बेरोजगार बस्नु पर्दैन । अध्ययन सुरु गरेपछि गन्तव्यमा पुग्ने गरी मिहेनत गर्नुपर्छ व्यवस्थापन संकायमा आफ्नो दक्षता हाँसिल गरेकाले व्यापार ,व्यवसाय, बैंक, सहकारी उद्योगधन्दा सबैमा रोजगारीको सबैमा रोजगारीको अवसर प्राप्त गर्न सक्छन् भने मानवीकि संकाय अध्ययनमा दक्षता हाँसिल गरेकाले देशको साजिक, आर्थिक, रुपान्तरणमा भूमिका खेल्न सक्छन् । समाजिक संघ संस्था , सरकारी निकायमा रोजगारीको अवसर हुन्छ । त्यस्तै गरी उक्त जनशक्तिले सामुदायिक विद्यालय , क्याम्पसहरुमा रोजगारीको अवसर हुन्छ । शिक्षा हाँसिल गर्नु भनेको ज्ञान ,सिप व्यक्तित्व चरित्र निर्माण सवाल सबै प्राप्त गर्नु हो । त्यसको सहि उपयोग गरेर व्यक्ति समाज र राष्ट्रलाई आ आफ्नो क्षत्रबाट योगदान गर्न सकिन्छ ।
सामुदायिक क्याम्पसका चुनौती के छन ?
अधिकासं सामुदायिक क्याम्पसमा भौतिक पूर्वाधार तर्फ व्यवस्थित हुन सकेका छैनन् । सहर केन्द्रीत सामुदायिक क्याम्पसमामा भौतक पूर्वाधारलेसम्पन्नता पाएको छ । ग्रामीण भेगमा रहेका क्याम्पसहरुमा विषयगत शिक्षक लाईबे्ररीको अभावको कारण सामुदायिक क्याम्पसमा समस्या छन् । अहिले विश्व विद्यालय अनुदान आयोगले भौतिक पूर्वाधार र शैक्षिक सुधारको लागी केहि बजेट उपलब्ध गराउने गरेको छ । हाम्रो इन्दे्रश्वर क्याम्पसमा भौतिक पूर्वाधारले सम्पन्नता छ । , केहि व्यवस्थित गर्न बाँकि छ । उपयूक्त लाईबे्ररी, कम्प्यूटर ल्याव, मल्टीमिडिया, प्रविधिबाट अध्यापन गराउने कार्य भएको छ ।
सामुदायिक क्याम्पसमा अध्यापन गराउने अधिकांश शिक्षकहरुले उचित पारिश्रमिक प्राप्त गर्न सकेको छैन भनिन्छ , इन्दे्रश्वर क्याम्पसमा पनि त्यहि अवस्था छ । वास्तविकता त्यहि हो ?
जिवन यापनमा सहजता हुने गरी पारिश्रमिक दिनु पर्छ । सामुदायिक क्याम्पसले न्यूनतम शुल्कमा स्तरीय शिक्षा प्रदान गरेर नै शैक्षिक विकासमा योगदान गरेको छ । शैक्षिक विकासलाई थप प्रभावकारी बनाउन सरकारले स्थाई शिक्षकहरुको दरवन्दी मिलाउँदै शैक्षिक विकासलाई सहयोग पु¥याउने नयाँ शिक्षा नीति निर्माण गर्नु आवश्यक छ । हाम्रो क्याम्पसले क्याम्पसको आम्दानीको श्रोतलाई शैक्षिक स्तर उन्नती र शिक्षकहरुको तलब सेवा सुविधामा नै खर्च गर्ने हो ।
अन्त्यमा केहि भन्नुहुन्छ की ?
इन्दे्रश्वर क्याम्पसमा व्यवस्थित भौतिक पूर्वाधारले सम्पन्नता प्राप्त गरेको छ शैक्षिक वातावरण राम्रो छ । गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर लागि परेको छ ।
अनुभवी दक्ष शिक्षकबाट अध्यापन गराइन्छ । । कम्प्यूटर ल्याव, लाइबे्ररीको प्रबन्ध छ । शैक्षिक वातावरण बुझ्न र भ्रमण गरेर शैक्षिक संस्था छनौट गर्न आग्रह गर्दछु । शिक्षा ग्रहण गर्नु भनेको मार्गदर्शन र जीवन जीउने आधार स्तम्भ तयार हुनु पनि हो ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
