मण्डनदेउपुर वडा नं ११ जैशीथोकमा २०२२ भाद्र १३ मा जन्मनु भएका ठाकुरकुमार न्यौपाने नेपाली कांगे्रस गाउँ इकाई समिती सभापति, क्षेत्रीय सचिव हुँदै विगत ३० वर्षदेखी राजनितीमा सक्रिय हुनुहुन्छ । निडर स्वभावका प्रस्ट विचार राख्ने ठाकुर प्रसाद न्यौपाने तत्कालीन जैशीथोक गाविसको अध्यक्ष पदमा २०४९ सालमा निवार्चित भई जनताको सेवा गर्नुभयो । नेपाली कांगे्रसका श्रद्वेय नेता विपी कोइराला र आदर्शवान सादगी नेता कृष्णप्रसाद भट्टराइको समाजवादी चिन्तनलाई समाज रुपान्तरणको कडी मान्न सकिने त्यसलाई कार्यान्वयन गरेर देशलाई आर्थिक सामाजिक क्रान्तीबाट देशलाई समृद्व बनाउने सपनाका साथ कांगे्रस पार्टीमा लागि परेको बताउनुहुन्छ । गरीवीका रेखामुनी रहेका, पछाडी परेका, पारिएका, दलित जनजाति, पिछडिएको वर्गको उथ्थान विना मुलुक बन्न सक्दैन , मुलुक बनाउन नेपाली कांग्रेसको नेतृत्व सरकारले मात्र गर्न सक्ने धारणा राख्नुहुन्छ जिल्ला उपसभापति न्यौपाने । नेपाल डेमोक्र्याटिक लयर्स एशोसियशन पूर्व केन्द्रिय कोषध्यक्ष नेपाल बार एशोसियन पूर्व केन्द्रिय सदस्य समेत भइसक्नु भएका न्यौपाने हाल नेपाली कांगे्रस काभे्रको जिल्ला उपसभापतिको जिम्मेवारी सम्हाल्नुभएको । उहाँसँग नेपाली कांगे्रस काभे्रको सांगठनिक क्रियाकलाप , पार्टिलाई गतिशिल बनाउने नयाँ कार्ययोजना, पार्टी भित्र देखिएको दुई धारलाई एकताको शुत्रमा बाँध्ने र संगठन शुद्वृढ गराउने नविन योजना के छन भन्ने सवालमा कांगे्रस जिल्ला पार्टी उपसभापति न्यौपानेसँग रेडियो एवीसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
नेपाली कांगे्रस काभे्रको सांगठनिक क्रियाकलाप समग्र अवस्था के छ ?
२०५६ साल अघि काभे्र जिल्लामा वाम गठबन्धनको वर्चस्व थियो । नेपाली कांगे्रस काभे्र सवाल र सक्षम ढङ्गबाट अघि बढ्न सकेको थिएन । २०५६ को निर्वाचनमा जिल्लामा शिवप्रसाद हुमागाइ र राजेन्द्र खरेल निर्वाचित भएसँगै पार्टी सुद्वृढीकरण संगठनलाई चलायमान गराउँदै अघि बढेको हो । २०७९ बैशाख ३० गतेको स्थानीय निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धन गरेर काभे्र जिल्लामा १ सय ६१ वडामा विजयी हाँसिल गर्न सकेको छ । बेथान्चोक, तिमाल र रोशी गाउँपालीका गरी ३ पालिका र बनेपा, पनौती पाँचखाल र नमोबुद्व ४ नगरपालिकामा स्थानीय सरकारले नेतृत्व गर्न सकेको छ । जनताका विकासका चाहानालाई सिमित श्रोतसाधनको अधिक प्रयोग गरेर शिक्षा स्वास्थ्य, पर्यटन, कृषि क्ष्ोत्रको विकास र भौतिक पूर्वाधार विकासमा तिव्रता दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य क्षेत्र नं .१ ख मा नेपाली कांगे्रस काभे्रका सभापति समेत रहेका तिर्थ लामा विजयी हुनुभयो । अहिले बागमती प्रदेशको मन्त्री पनि हुनुहुन्छ । त्यस्तै गरी काभे्र क्षेत्र नं २ भने पार्टी भित्रकै घात अन्तरघातले शिव हुमगााइले चुनाव हार्नुभयो । प्रदेश सभा २ ख मा कांगे्रसका नेता कन्चन वादेले चुनाव जित्नुभयो । अहिले जिल्ला समितिले पार्टीलाई चलायमान बनाउन स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी बिच हुनुपर्ने अन्तर सम्बन्धलाई चुस्त दुरस्त राख्न निरन्तर छलफल भएको छ भने पार्टीाृ भित्रका क्रियासिल रहेका कार्यकर्ताहरुको अभिलेखिकरण गर्ने पार्टी संगठनलाई अनुसासित ढङ्घबाट अघि बढाउने कार्यहरु अघि बढेका छन ।
नेपाली कांगे्रस काभे्रले पार्टीका योगदान गरेका व्यक्तिहरु र युवा पुस्तालाई वेवस्ता गर्दै नीति, विधी, पद्दती भन्दा पनि नेता प्रधान चाकडी वादलाई आश्रय दिएर टिकट वितरण गरियो भन्ने तपाइहरुलाई आरोप छ । बास्तविकता त्यस्तो हो ?
लोकतान्त्रीक पार्टीभित्र खुल्ला छलफल बहस हुन्छ । असहमति हुन सक्छन । आपसी सहमतिमा त्यसता निर्णयहरु टुङ्गयाउनु पर्छ पार्टीलाई अहित हुने, बिगार्ने भत्काउने कार्य गरिनु हुन्न । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षको टिकट वितरण जिल्लाबाट गरिएको हो । कोहिकसैलाई आग्रह पूर्वाग्रह गरेर टिकट वितरण गरिएको हैन । कहिंकतै केहि वडामा कमी कमजारी हुन सक्छन । कमी कमजारी लाई सुधार गर्दै लैजानु पर्छ । त्यस्ता निर्णयहरु पार्टी भित्र समिक्षा गर्नुृपर्छ । विगतमा पार्टि संगठनलाई जुझारुपन दिने अग्रजहरु युवा पुस्ता दुवैलाई सम्मान गर्दै पार्टी संगठन सञ्चालन गरिनु पर्छ हामी त्यसमा प्रतिवद्व छौं ।
नेपाली कांगे्रस काभे्रमा प्रस्ट सँग दुईधार देखिन्छ । केन्द्रिय सदस्य मधु आचार्य र पूर्व केन्द्रिय सदस्य शिव प्रसाद हुमगाइ दुवै पक्षको मिलन विना संगठन बलियो हुन सक्दैन भन्ने बुझाई सच्चा कांग्रेसहरुको छ । पार्टी भित्र यस्तो भाले जुधाइले पार्टी संगठन बलियो बन्ला त ?
खुल्ला मास वेस पार्टीमा विचारहरु मन्थन गन्थन हुनु फरक बिचार राख्नु जायज हो । तर निर्वाचनको बखत विभिन्न बखेडा झिकेर आफ्ना पार्टीका नेताहरुलाई हराउन लाग्नु त्यो भन्दा ठुलो अपराध अरु के हुन्छ ? निर्वाचनको वखत टिकट प्राप्त गर्न अन्तिम सम्म लविङ गर्नुृ एउटा कुरा हुन्छ टिकट प्राप्त गरेपछि जसले पायो उसलाई सघाएर अघि बढ्नुपर्छ । पार्टीको हित विपरित कोहि कसैलाई हिड्न छुट छैन । आफू भए ठिक अरु भए बेठिक भन्ने ठान्नु गलत हो । यस्तो प्रवितिको अन्त्य हुनुपर्छ । पार्टी भित्र केहि सन्तुष्टी छैन भने समस्या हल गर्नुपर्छ । समस्यामा समस्या श्रृजना गरेर हिड्नु कोहि कसैलाई हित हुँदैन ।
पार्टीलाई एकतावद्द बनाई अघि बढाउन नेपाली कांगे्रस काभे्रको नेतृत्वलाई कसले रोक्यो । तपाइँले पनि पार्टीलाई सुदृढ गर्दै अघि बढाउने पहलकदमी लिन सक्नुहुन्थ्यो नि ?
मधु आचार्य र शिव प्रसाद हुमगाई दुवै आदरणीय नेता हुनुहुन्छ उहाँहरु बिच फाटो आउनु दुर्भाग्य हो । पार्टी भित्र फरक विचार हुन सक्छ गु्रपीजमले संगठनको हित गर्दैन । सप्तलाल ताम्राकार देखि शिव प्रसाद हुमगाई र मधु आचार्य सम्मका काभे्र कांगे्रसलाई सुदृढ, सक्षम र सवल बनाउन कसको कति भूमिका कति छ भन्ने कुरा जिल्लाका आम कार्यकर्ता, नेता सबैलाई जानकारी छ । पार्टी भित्र दुई धार देखिनु राम्रो होइन । विगतका दिनमा शिव हुमगाइकै प्रस्तावमा मधु आचार्यलाई पार्टी सभापति बनाएको हो नि । आज तिर्थ लामा जिल्ला सभापति हुनुहुन्छ । जिल्ला नेतृत्व पार्टीलाई सुसंगठित गर्दै बलियो बनाउन वार्ता छलफल गर्न तत्पर छ स्थानीय सरकार । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमाा कम्युनिष्ट पार्टीलाई भोट हालेर पार्टीलाई असहयोग गर्नेहरु निर्वाचनमा हराउन लाग्ने पार्टी भित्रकै साथीहरुलाई कारवाही गर्नुपर्छ भनेर गाउँ, नगरसमितिका तमामा कार्यकर्ताहरुको माग अनुसार नै कारवाही गर्न केन्द्रमा सिफारिस गरिएको हो । कमी कम्जोरी आत्मा आलोचना गर्नुपर्छ पार्टीलाईएक ढिक्का बनाएर अघि बढ्न काभे्र कांगे्रसको नेतृत्व प्रतिवद्द छ ।
केन्द्र प्रदेश र स्थानीय सरकार लोकतान्त्रीक गठबन्धनको सरकार छ । जनतालाई जनजीवनको सवाल होस या किसान मुद्दा, अहिले कृषकहरुको लागी मकैमा मल राख्ने बेलामा रसयानीक मल छैन । कृषकहरुले उत्पादन गरेका कृषिउपजले बजार भाउ पाउँदैन, किसानहरुले तरकारी सडक र खोलामा फाल्नुपर्ने अवस्था किन आयो ? यस्ता विषयमा प्रचण्ड नेतृत्व सरकारलाई किन केहि भन्न नसकेको कांगे्रस पार्टिले मुकदशृक किन बढेको ?
केन्द्र, प्रदेश र स्थानीय सरकार लोकतान्त्रीक बाम गठबन्धनकै छ । जनताका जनजीवीकाको सवाल पूर्वाधार विकासका सवालहरु क्रमगतरुपले विकासले गति लिन थालेका छन् । सुशासन, भ्रष्टचार नियन्त्रणका सवालमा सरकारले राम्रा कार्य गरेको छ । भ्रष्टचारी जोसुकै होस कारवाही गनुृपर्छ भनेर पूर्व गृहमन्त्री बालकुष्ण खाँड, टोपबहादुर रायमाझी लगायत १४ जनानै भुटानी शरणर्थी प्रकरणमा जेल चलान भइसके । अब कुरा रह्यो युवा जनशक्तिलाई सम्बोधन गर्ने सवाल कृषकहरुको हितको कार्य गर्न नसकेको चाँहि हो । सरकार जनताहरको अभिभावक हो । गरीवी निवारण, रोजगारीको श्रृजना कृषकहरुको वृहत हित गर्न कटिबद्द भएर लाग्नुपर्छ । ग्रामीण अर्थतन्त्र बलियो नबन िसमृद्दिको यात्रा पुरा हुन सक्दैन । यहााले उठाउनु भएको कुरा जेनुन छ । कृषकहरुले उत्पादन गर्ने, खेतीबाली लगाउने बेला रसायानिक मल, विउबिजन उपलब्ध गराउन नसक्नु ठिक हैन । यस्ता विषयहरु स्थानीय सरकार होइन प्रदेश र संघ सरकाले समयमै मल विउबिजन ल्याउन लाग्नुपर्छ । मल विउबिजन ल्याउन ठेक्का सम्झौता गरेका काम नगरेको हो भने कारबाही गर्नु पर्यो । कृषि उपजको बजारीकरणमा भण्डारणको लागी निर्माण न्यूनतम मुल्य निर्धारणका लागी स्थानिय प्रदेश सरकार गम्भीर हुनुपर्यो । स्वदेशको उत्पादन सामाग्री पर्याप्त छ भने अपुग भएको मात्र विदेशबाट ल्याउनु पर्यो भन्न चाहान्छु ।
