IMG-LOGO

यमहा कम्पनीका मोटर साइकलहरु सुरक्षाको दृष्टिले अब्बल हुन्छन्

 मंगल, माघ २४, २०७९  – बुद्ध रत्न मानन्धर

      बनेपाका युवा व्यवसायी बुद्ध मानन्धरले विगत १० वर्ष देखि आरम्भ अटो वर्क बनेपा सञ्चालन गरी यमहा कम्पनीको मोटर साइकल तथा स्कुटीहरु खरिद विक्रि गर्दै आउनुभएको छ । देशमा आर्थिक मन्दिको अवस्थामा छ यो समयमा व्यवसायिक रुपमा व्यवसाय सञ्चालनमा आएको उतार चडाव, व्यवपार व्यवसायको अवस्थाका सन्दर्भमा रेडियो एबिसीको व्यवसायिक बहस कार्यक्रममा आरम्भ अटो वक्र्स बनेपाका प्रबन्ध निर्देशक बुद्ध रत्न मानन्धरसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

      आरम्भ अटो वर्क सप  बनेपा यमहा सोरुमको व्यवसायिक अवस्था के छ ?

अहिले आर्थिक मन्दिको कारण व्यापार व्यवसायमा सिथिलता आएको छ । सामान्य अवस्थामा महिनामा २० देखि ३० वटा मोटर साइकल, स्कुटरहरु बिक्री गरिन्थ्यो । अहिले महिनाको ६ देखि ८ वटा मोटरसाइकल बिक्री गर्न मुस्कील छ । बैक तथा सहकारीहरुमा तरलता अभावले समस्या छ । व्यवसायलाई स्थायित्व दिन केहि कठीनाई छ । घर जग्गा कारोबार समेत चल्न नसक्दा आर्थिक संकट देखा परेको छ । बैक तथा वित्तिय संस्थाहरुले ऋण थप प्रवाह गर्न सकेका छैनन् । सरकारले भूउपयोग नीति लागु गर्न खोजेको छ । स्थानीय सरकारले कार्यान्वयन गर्न सकेको छैन ।  खेती योग्य जमिन र आवास योग्य जमिनको वर्गीकरण गर्न ढिला भएको छ । यसलाई स्थानीय सरकारले चाँडो भन्दा चाँडो गर्नुपर्छ । सरकारले पनि व्यवसायिक मन्दिको बखत व्यवसाय टिकाउन व्यवसायीको मर्म बुझेर कर छुट, अनुरुपको आर्थिक नीति विधि निर्माण सहित अघि बढ्नु पर्छ ।

      यमहा कम्पनीका बाइक तथा स्कुटरहरु नै किन रोज्नु पर्यो ?

यमहा, हुन्डा र हिरो हुन्डा जुन जुन कम्पनीकोे होस सबैको आ आफ्नो विशेषता हुन्छ । यमहा कम्पनीका मोटर साइकल, स्कुटीहरु जुन खालका सवारी साधन उत्पादन भएका छन् । आफ्नै खालका महत्व हुन्छ । १ सय २० देखि २ सय ५० सिसीको विभिन्न डिजाइनका मोटरसाइकल खरिद गर्न सकिन्छ । इन्धन कम खपत हुन्छ । इन्जीनहरु बढि टिकाउ हुन्छ । विश्वसनीय छ । सुरक्षाको दृष्टिले धेरै किफायती हुन्छ ।

      यमहा कम्पनीका मोटर साइकल र स्कुटीका पार्टपूर्जाहरु सहजरुपमा पाइँदैन बढि शुल्क पर्छ भन्ने गुनासो सुनिन्छनी, वास्तविकता त्यस्तो होर ?

पार्टपूर्जाहरु सहजरुपमा नपाउने भन्ने हैन । इण्डीयन कम्पनीका सवारी साधनको इण्डीयाबाट पार्टपूर्जाहरु ल्याउनुपर्छ केहि समय लाग्छ त्यो चाँहि हो महंगो छ भन्ने हैन । प्राप्त गर्न सकिदैन भन्ने हैन ।

      उद्यम व्यवसाय गर्ने उद्यमीहरुको लागि व्यवसाय थप प्रभावकारी बनाउन राज्य पक्षको कस्तो सहयोगको अपेक्षा गर्न सकिन्छ ?

कृषि उपज उत्पादन गर्ने व्यवसायिक फर्महरु हुन या उद्योग धन्दाहरु सञ्चालन गर्नेहरुको लागि बैक तथा वित्तिय संस्थाहरुबाट सहुलियत दरमा ऋण प्राप्त गर्न सक्नुपर्यो । ७ देखि ९ प्रतिशत व्याजमा ऋण दिने प्रबन्ध गर्नुपर्यो । नाफा नकमाउन्जेल राज्यले कर छुट दिनु पर्यो । अनि मात्र युवा वर्गहरु प्रोत्साहित भएर उद्यम व्यवसाय गरेर स्वदेशमा नै उद्यम गर्ने छन् । विदेश पलायन रोक्न सकिन्छ ।  उद्यमबाट रोजगारीको प्रबन्ध हुन्छ । आर्थिक पक्ष सवल र सक्षम भएपछि मुलुकको आर्थिक समृद्धिको यात्रामा अग्रसर हुन्छ ।

      अन्त्यमा केहि भन्नु छ की ?

एक्सचेञ्ज मेला सुरु भएको छ ।माघ २२ गते देखि २८ गते सम्म पुरानो मोटरसाइकल ल्याएर नयाँ मोटरसाइकल खरिद गर्न सकिन्छ । व्यवसायको दिगो विकास गर्न नयाँ योजनाका साथ अघि बढ्ने छांै । हामीले यस स्वरुममा २५ जना युवा जमातलाई रोजगारी समेत दिएका छांै । पुरानो मोटरसाइकल ल्याएर नयाँ मोटरसाइकल खरिद गरेर लान सकिने छ । नयाँ मोटरसाइकल खरिद गर्दा १० प्रतिशत ब्याजमा मोटरसाइकल खरिद गर्न सकिने प्रबन्ध छ । यमहा कम्पनीका मोटरसाइकल सुरक्षाको हिसाबले विश्वसनीयता आधार छ । कम इन्धन खपत गर्छ त्यसैले यमहा कम्पनीका सवारी साधनहरु खरिद गरी प्रयोग गर्नुस भन्न चाहन्छु । अन्य कम्पनीका मोटरसाइकल भन्दा टिकाउपन र अब्बल हुन्छन् ।

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्