IMG-LOGO

वित्तीय संस्थाका सवालमा सरोकारवाला निकायविच छलफल

 मंगल, माघ ३, २०७९  ---

 

      बैंक तथा वित्तीय संस्थाहरुको समस्या तथा चुनौतीका विषयमा सरोकारवाला निकायविच छलफल कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सरोकारवाला निकायहरुलाई बैंक तथा वित्तीय शिक्षा प्रदान गरि सहकार्य गर्ने उद्देश्यले बनेपा पुलबजार स्थित प्रोग्रेशिभ फाइनान्स लिमिटेड बनेपा शाखाले गत मंगलबार छलफल कार्यक्रमको आयोजना गरेको  बनेपा शाखाका शाखा प्रवन्धक रमेश संजेलले बताउनुभयो । बैंक तथा वित्तीय संस्थाले आम नागरिकको दैनिकीमा सहजता थपेको बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्यले बताउनु भयो । अहिले टोल टोलमा बैंक तथा वित्तीय संस्था छन् । उहाँले भन्नुभयो,– आर्थिक कारोबारका लागि घन्टौ धाई राख्नु पर्दैन । घर वरपर खुलेका बैंक तथा वित्तीय संस्थामा आपूmसंग भएको पैसा राख्न र झिक्न सकिन्छ । सहज भुक्तानीका कारण नगरपालिकाका योजनाहरुका कामहरु पनि सहज बनेको उहाँले बताउनुभयो ।

      त्यस्तै, गाउँघरमा खुलेका बैंक तथा वित्तीय संस्थाका कारण महिला दिदिबहिनीहरुमा बचत गर्ने बानी बसेको नगरपालिकाका उप प्रमुख बिमला सापकोटाले बताउनुभयो । घर, अफिस, खेतवारी, व्यवसाय लगायतका क्षेत्रमा महिला दिदिबहिनीहरु व्यस्त हुनुहुन्छ । उहाँले भन्नुभयो,– आपूmले कमाएका केही रकम अहिले टोलटोलमा खुलेका बैंक तथा वित्तीय संस्थामा बचत गर्न थालेका छन् । दुख पर्दा झिक्ने र आफुसंग हुदा राख्ने गरेका दिदिबहिनीहरुको थोरधेर वचत भएको छ । तर बचत गर्दा वित्तीय संस्थाको वारेमा जानकारी लिएर भरपर्दो संस्थामा मात्र वचत गर्नु पर्ने उहाँले बताउनु भयो ।

      बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्दा र ऋणीले ऋण लिदा दुवै पक्ष सचेत र होसियारी हुनु पर्ने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो । पछिल्लो समय बैंक तथा वित्तीय सेवा सम्बन्धि कसुरहरु बढी रहेका छन् । उहाँले भन्नुभयो,– अहिले नेपालले आर्थिक समस्या र चुनौतीको सामना गरिरहेको छ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाले खेलेको भुमिका अनुसरनिय छ । तर कतिपय सहकारीहरु स्थापना हुने र केही समयको अन्तरालमै नागरिकका पैसा संकलन गरेर हराएका थुप्रै उदाहरणहरु छन् । जसले गर्दा आम नागरिकमा बैंक तथा वित्तीय संस्थाहरुप्रतिको विश्वास घटेको छ । ऋणीले ऋण लिएर नतिर्ने र बैंक तथा वित्तीय संस्थाले नागरिकका रकम लिएर फरार हुने जस्ता विविध समस्याहरु हुने गरेका छन्  । त्यस्ता कानुनी उपचारका लागि जिल्ला प्रशासनना ठोक्किने कारण सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।

      कार्यक्रममा बनेपा न.पा. वडा नं.४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, बनेपा न.पा. वडा नं.१० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का,  इवामुरा हस्पिटल एण्ड कलेजका डाइरेक्टर प्रो. डा. उत्तमकृष्ण कर्माचार्य, इवामुरा हस्पिटलका सुपरभाइजर लोकेन्द्रराज बिष्ट, प्रोग्रेशिभ फाइनान्स लि. का संचालक समुन्द्रकाजी श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत बिशाल हुमागाई, नाला काउन्टर का इन्चार्ज संन्ध्या रंजितकारको सहभागीता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्