IMG-LOGO

कुन पार्टीका कस्ता उम्मेदवार ?  गोकुल बास्कोटाको टिकट खोसियो 

 मंगल, माघ ७, २०८२  – टाइम्स टिप्पणीकार

        नेकपा एमाले भित्र महाभारतमा जस्तै कौरब र पाण्डवको खेल दोहोरियो । ईश्वर पोखरेल पक्षलाई कौरबले जस्तै  ओलीले पाँच गाउँ पनि दिएनन् । अर्थात एमालेको गत महाधिवेशनमा ओली विरुद्ध लागेका ईश्वर पक्षका गोकर्ण बिष्ट बाहेक कसैले पनि टिकट पाएनन् । काभ्रे जिल्लामा पनि चर्चित नेता गोकुल बास्कोटाको टिकट खोसिएको छ । एमाले भित्र बेग्लै पहिचान बनाएका नेता बास्कोटा ओलीको विपक्षमा लाग्दा उनको टिकट खोसिएको हो । उनको टिकट खोसेर काभ्रेपलाञ्चोक–२ बाट अशोककुमार ब्याञ्जुलाई दिइएको छ । पटकपटक उम्मेदवार बन्दै आएका गोकुल बास्कोटाले यो चुनावमा टिकट पाएनन् । (हेर्नुस् सम्पादकीय २ पेजमा)

        नेपाली कम्युनिष्ट पार्टीले काभ्रेका दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा दिनानाथ गौतमले टिकट पाएका छन् । उनी चौंरीदेउराली गाउँपालिकाका पुर्व अध्यक्ष हुन् । यस्तै काभ्रे क्षेत्र नं. २ मा पुर्वमन्त्री समेत रहेका नेकपा नेता बसुन्धरा हुमागाँईले टिकट पाएका छन् ।

        काभ्रे क्षेत्र नं. १ बाट नेपाली कांग्रेस काभ्रेका सचिव समेत रहेका गुणराज मुक्तानलाई पार्टीले टिकट दिएको छ । काभ्रे क्षेत्र नं. १ मा कांग्रेस एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा र राप्रपाले नै नयाँ अनुहार नव युवालाई टिकट दिएको छ । काभ्रे क्षेत्र नं. १ मा एमालेबाट अमित लामा, कांग्रेसका गुणराज मुक्तान रास्वपाका मधुकुमार चौलागाइ र राप्रपाबाट नवराज सत्यालले टिकट पाए सँगै चुनावी मैदानमा उत्रेका छन् । कांग्रेसका गुणराज, एमालेका अमित, नेकपाका दिननाथ र रास्वपाका मधुकुमार चौलागाइ बीच तिब्र प्रतिस्पर्धा हुने भएको छ । त्यसैगरी काभ्रे क्षेत्र नं. २ मा यस अधि नेकपा एमालेले गोकुल बाँस्कोटालाई टिकट दिएकोमा हाल उनलाई टिकट नदिइ एमालेको ११ औमहाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित अशोक व्याञ्जुलाई पार्टीले टिकट दिएको छ । नेपाली कांग्रेसले काभ्रे क्षेत्र नं. २ मा गगन थापा समुहबाट विशेष महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित मधु आचार्यलाई हिजो टिकट दिएको हो ।

        काभ्रे क्षेत्र नं. २ मा कांग्रेसबाट मधु आचार्य, एमालेबाट अशोक व्याञ्जु, नेपाली कम्युनिष्ट पार्टीबाट बसुन्धरा हुमागाइ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवा नेता बदनकुमार भण्डारीले टिकट पाएसँगै चुनावी मैदानमा उत्रेसँगै चारै नेता बीच घमसान प्रतिस्पर्धा हुनेछ । त्यस्तैगरी उद्यमी व्यवसायी समेत रहेकी महिला नेतृ उज्यालो नेपाल पार्टीबाट ज्योत्सना सैंजुले टिकट पाएकी छन् । राप्रपाबाट युवा नेता रञ्जीव श्रेष्ठले टिकट पाएका छन् । त्यस्तै गरी नेपाल मजदुर किसान पार्टीबाट मुना तामाङले टिकट प्राप्त गरेकी छन् । कांग्रेस पार्टीबाट उम्मेदवार बनेका मधु आचार्य र एमालेबाट उम्मेदवार बनेका अशोक व्याञ्जु पार्टीमा निक्कै खारिएका नेतामा परिचित छन् । कांग्रेसका मधु र एमालेका अशोक बिच झनै प्रतिस्पर्धा हुने आंकलन पार्टीका कार्यकर्ताले चर्चा गर्न थालि सकेका छन् ।

        भोली माघ ६ गते काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ को उम्मेदवारी दर्ता पनौती नगरपालिका सभाहल र काभ्रे क्षेत्र नं. २ को उम्मेदवारी दर्ता शैक्षिक तालिम केन्द्र धुलिखेलमा प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ ।

कुन पार्टीका कस्ता उम्मेदवार ? 

गोकुल बास्कोटाको टिकट खोसियो 

– टाइम्स टिप्पणीकार

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्