IMG-LOGO

नेपाली कांग्रेस फुटको संघारमा

 सोम, पौष २८, २०८२  – टाइम्स प्रतिनिधि

               नेपाली कांग्रेस इतिहासकै गम्भीर मोडमा छ । पार्टी सभापति शेरबहादुर देउवाको लाचारीले नेपाली कांग्रेस फुटको स्थिति देखिएको छ । (हेर्नुस् सम्पादकीय २ पेजमा) दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्ने साहस गर्दा कांग्रेसको पहिलो र दोस्रो पुस्ताको राजनीति एक्कैचोटी धरापमा परेको हो । पार्टी सभापति देउवाले अराजनितीक गैह्र जीम्मेबार हुनु र भ्रष्ट नेतृत्वको जाम खुलाउने काम दुई महामन्त्रीले गर्नु, त्यो साहस गरेकोमा दुई युवा महामन्त्रीहरुलाई धेरैले सलाम गरेका छन् । पहिलो पुस्ता देउवा देखी कोईराला सम्मकै सबैको राजनीतिक अवस्था चिलीम फर्किएको छ तर पनि देउवा अन्तिम कसरत गरिरहेका छन् । 

               नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन उद्घाटन गरेपछि पार्टी सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूको आकस्मिक भेला बोलाएका छन् । विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी थालेपछि देउवा पक्ष सक्रिय बनेको हो ।

               देउवाले महाराजगञ्जस्थित आफ्नै निवासमा छलफलका लागि नेताहरूलाई बोलाएका हुन् । सो भेलामा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक देउवा निवास पुगिसकेका छन् । देउवानिकट स्रोतका अनुसार अन्य नेताहरू पनि क्रमशः भेलामा सहभागी हुँदै छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा प्रारम्भ भएको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन् । आयोजकका अनुसार विशेष महाधिवेशनमा करिब ६४ प्रतिशत प्रतिनिधिहरू सहभागी हुने दाबी गरिएको छ ।

               विशेष महाधिवेशनले पार्टीभित्र नेतृत्व परिवर्तनको सम्भावना बढाएसँगै देउवा पक्षले रणनीति तय गर्न आपतकालीन छलफल थालेको विश्लेषण गरिएको छ । कांग्रेसभित्र शक्ति सन्तुलन र भावी नेतृत्वको विषयलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । हेरौं अधिवेशन सम्पन्न हुने बेला सम्म कस्ता खेल हुनेछन् ।

कोइराला निकट जिल्ला सभापतिहरुको महाधिवेशन पक्षधर बीच छलफल

               शेखर कोइरालानिकट जिल्ला सभापतिहरुले महाधिवेशन पक्षधर नेताहरुसँगको छलफलमा तयार पारेको मध्यमार्गी प्रस्तावमा छलफल भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनलाई स्वामित्व लिन नमानेपछि सहमति जुटाउन हिजो दिनभर भएका प्रयास असफल भएका छन् । केहीछिन अघि शेखर कोइरालानिकट जिल्ला सभापतिहरुले महाधिवेशन पक्षधर नेताहरुसँगको छलफलमा तयार पारेको मध्यमार्गी प्रस्तावमा छलफल भएको थियो ।

               नेता कोइरालाले आफ्ना सहयोगी मिनेन्द्र रिजाल, बद्री पाण्डे र जीवन परियारलाई सँगै लिएर उक्त प्रस्ताव बोकेर देउवा निवास गएका थिए । तर देउवाले विशेष महाधिवेशनलाई स्वामित्व दिने कुरा स्वीकार्न नसकिने बटमलाइन लिएपछि सहमति हुन नसकेको एक केन्द्रीय सदस्यले बताए । शेखर निस्किएपछि देउवाले आफू पक्षीय केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए ।

               उक्त छलफलपछि नै केन्द्रीय समितिको बैठक मंगलबारका लागि बोलाइएको छ । प्रवक्ता प्रकाशशरण महतले यसअघि केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयबारे जानकारी दिनका लागि बैठक बोलाइएको बताए । उनले विशेष महाधिवेशनलाई स्वामित्व लिएर अघि बढ्ने कुरामा सभापति र नेता शेखर कोइराला दुवैको असहमति रहेको बताए ।’केन्द्रीय कार्यसम्पादन समितिले दुई दुई पटक औचित्य छैन भनेर निर्णय गरेको विशेष महाधिवेशनलाई नै स्वामित्व लिने कुरा हुनै सक्दैन । यसमा सभापतिज्यू, शेखर कोइराला र हामीहरुको धारणा एउटै छ,’उनले भने,’पार्टी सञ्चालन र अरु नीतिगत सुधारका विषयमा छलफल गर्न सकिने बताए ।’

 

 

विशेष महाधिवेशनमा गगन–विश्वका मुख्य प्रस्ताव यस्ता छन् ः

                              विशेष महाधिवेशनमा महामन्त्रिद्वय गगन थापा र विश्वप्रकाश शर्माले १२ वटा मुख्य प्रस्ताव अघि सारेका छन् ।

                              प्रधानमन्त्री दुईपटक भन्दा बढी नहुने, पार्टीमा प्राइमरी निर्वाचनको व्यवस्था, निर्वाचन अघि गठबन्धन नगर्ने, समानुपातिकाबाट एक पटकमात्रै सांसद, केन्द्रीय समितिमा ४० मुनिका ४० सदस्य, ‘सिंगल रोटेसन रिजर्भु’ निर्वाचन क्षेत्रको अभ्यास गर्ने, कर्मचारीलाई ’कुलिङ अफ पिरियड’ लगाउने, दलका सदस्यले दुई वर्षसम्म संवैधानिक नियुक्ति नपाउने, गैरआवासीय नेपालीलाई नागरिकता, मतदानको अधिकारको पहल गर्ने, राजनीतिक नियुक्ति गर्दा ट्रयाक रेकर्ड हरेर मात्र गर्ने, आन्तरिक सुशासन आयोग गठन गर्ने र बौद्धिक र व्यावसायिक क्षेत्रलाई ल्याट्रल प्रवेशको व्यवस्था गर्ने लगायतको प्रस्ताव विशेष महाधिवेशनमा पेश गरेका छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्