मिराज ढुंगानाको एउटा जेन्जी समुहले हिजो देखि आन्दोलन गरेको छ । चुनाव होइन सुशासन चाहियो भन्दै गरेको विरोध प्रदर्शनकारीका क्रममा हिजो माइतीघर मण्डलामा प्रहरीले धरपक्कड गरेको छ । चुनावको मिति तोकिएको यो बेला धमिलो पानीमा माछा मार्न राजावादीहरु पनि लागेका छन् ।
ऋषि धमलाको प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले आगामी राजनीतिबारे कुरा गर्दै सम्भावना जे पनि हुनसक्ने बताएकी छिन् । त्यस सन्दर्भमा राजतन्त्र पुनस्र्थापनाको सम्भावना पनि रहनसक्ने अभिव्यक्ति दिएकी भण्डारीको यो भनाइ निकै विवादास्पद छ । राष्ट्रपति भएको व्यक्तिले राजा मोह राख्नु आपत्तिजनक कार्य हो । यसै विषयमा नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अभिव्यक्ति सुनेर उदेक लागेको बताएका छन् ।
एक अन्तरवार्तामा भण्डारीले दिएको अन्तर्वार्ताबारे टिप्पणी गर्दै नेता ज्ञवालीले लेखेका छन्, ‘ पूर्वराष्ट्रपतिज्यूले राजतन्त्र पुनस्र्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो । आफैं उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको’ भनेर फेसबुकमा पोष्ट गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना देखि नै गणतन्त्रको पक्षधर हो ।
काङ्ग्रेसले कम्युनिस्ट पार्टी माथी २००८ सालमा प्रतिबन्ध लगाएको बेलामा पनि गणतन्त्रको लाइन थियो । मनमोहन अधिकारी नेपाल कम्युनिष्ट पार्टीको महासचिव रहेको अवस्थामा बि.स.२०१३ सालमा टङ्कप्रसाद आचार्य प्रधानमन्त्री भएको समयमा खुल्ला गरियो । त्यति बेलै राजाको वैधानिकता स्विकार्दै केही कम्युनिस्ट राजावादी पनि भएका थिए । पुष्पलालले कहिल्यै राजतन्त्रसँग सम्झौता गरेनन् । मोहबिक्रम सिह संविधानसभाको नारा बोकेका थिए त्यहीबेला । आज देखिएको सङ्कट नक्कली कम्युनिष्ट र काङ्ग्रेसले बोकेको ढुलमुले एजेण्डाको यो परिणाम आएको हो ।हेलिकप्टर बाट सेनाको ब्यारेकमा सुरक्षामा बसेकाहरु अब जिउँदै जल्ने अवस्था आउनसक्छ । उग्रवाद,अतिवाद समस्याको समाधान होईन । यसकारण बिधा भण्डारीले दिएको अभिव्यक्ति लाई इतिहासको अर्को कोणबाट हेर्नुपर्छ ।
