IMG-LOGO

बल्थलीमा भलिबल प्रतियोगिता तथा सम्मान कार्यक्रम सम्पन्न

 मंगल, कार्तिक ११, २०८३  सागर आचार्य

                शुभ विजया दशमी २०८३ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै श्री लडकेश्वर युवा क्लब पनौती–११ बल्थलीले आयोजना गरेको वडा स्तरीय भलिबल प्रतियोगिता तथा अन्य विविध कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । फुलपातिको दिन वडा अध्यक्ष विपिन लामाले उद्घाटन गरेर शुरु गरिएको भलिबल खेल यहि कात्र्तिक ३ गते नवमिको दिन सम्पन्न गरिएको थियो । लडकेश्वर युवा क्लबले आफ्ना वडामा रहेका वृद्ध वृद्धाहरुलाई दोसल्ला ओढाई न्यानो कपडाहरु दिएर सम्मान गरी अनुकरणीय कार्य गरेको थियो । नवमिको दिन समाज तथा देशको लागि उल्लेखनीय योगदान पु¥याउँदै उच्च स्थान प्राप्त गर्नुहुने मधु आचार्य, प्रकाश थापा, निश्चल थापा, रामसुन्दर थापा दोसल्ला लगायतलाई ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो । लडकेश्वर युवा क्लबलाई भलिबल मार्फत यो स्थानमा ल्याउनेको लागि मुख्य भूमिका खेल्ने अग्रज खेलाडीहरुलाई पनि सम्मान पत्रले सम्मान गरिएको थियो ।

                सात टिम सहभागी रहेको भलिबल प्रतियोगितामा LYC Orange King प्रथम LYC Royal Green द्वितिय तथा LYC White Lions तृतीय स्थान प्राप्त गर्न सफल भई नगद पुरस्कार सहित, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । प्रतियोगीतामा उत्कृष्ट खेलाडी रबिन सिदाली भएका थिए भने प्रतियोगीतामा राष्ट्रिय रेफ्रि जितेन्द श्रेष्ठ र क्षेत्रीय रेफ्रि रोहन तुसुजु रेफ्रिको रुपमा हुनुहन्थ्यो । भलिबल खेल पश्चात घैटो फुटाई र खसि उपहार चिठ्ठा कार्यक्रम पनि गरिएको थियो भने खसि उपहार अनिल गिरीले प्राप्त गरेका थिए । कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष रोसन अर्यालले गरेका थिए भने कार्यक्रम संचालन रामेश्वर आचार्य ‘सागर’ ले गरेका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्