IMG-LOGO

मनि र मसल्सको करामत

 मंगल, पौष ६, २०७८  ---

शक्ति भनेकै मनि र मसल्समा छ । अर्थात पैसा र बलिया पाखुराका अगाडि कसैको केही लाग्दैन । त्यस्तै देखियो नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा । गाउँ नगर देखि प्रदेश र केन्द्रसम्म नेपाली कांग्रेसको आदर्श मूल्य मान्यता केही काम लागेनन् । लागे त केवल छलछाम, घात प्रतिघाट, असैद्धान्तिक अमर्यादित गतिविधिहरु प्रधान भएर आए । बहस, छलफल, सर्वस्वीकार्य, सर्वसम्मती केही कतै भएन । पैसाको खोलो बग्यो, पद प्राप्तीका लागि सबै हर्कतहरु प्रयोग भए ।

       समाजमा राजनीतिले सबै बेथितिहरुको निरुपण गर्छ । राजनीति नै समाजलाई डोहो¥याउने प्रमुख नीति हो तर राजनीतिमा नेतृत्वतहमा आएका पात्र र प्रवृतिलाई हेर्दा आशा भन्दा निराशा बढि लाग्ने हुन्छ । राजनीतिमा आउनु भन्दा अघि अनेकौ कु–कर्म गरेर दाग लागेका एकातिर छन् भने राजनीतिमा आएपछि अनेकौँ कु–कर्म गर्नेहरु अर्का तर्फछन् ।

       त्यस्ता पात्र र प्रवृतिबाट के आशा र भरोशा गर्ने ? तिनीहरु नेतृत्वमा आएका किन ? किनभने आफू आफ्नाका लागि भूँडी भर्न, भूँडी फुटुन्जेल खान र देश दोहन गर्न आएका त हुन् ती  । अचेल राजनीतिमा आएका त्यस्ता अनुहार हेर्दा असल मानिसहरु राजनीतिमा आउन हिचकिचाइ रहेका छन् । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्