केपी शर्मा ओली पाँचौ कम्युनिष्ट प्रधानमन्त्री हुन् । उनी कम्युनिष्ट हुन् वा होइनन् उनी जानुन् तर उनमा कम्युनिष्ट आचरण हराउँदै गएको धेरैले बताएका छन् । उनलाई कमरेड मनपर्दैन । उनलाई ‘बा’ भनेको मन पर्छ । म त उनलाई ‘बा’ भन्न सक्दिन एक त मेरा ‘बा’ छन् अर्को मेरा काका भन्दा पनि केपी ओली कान्छा उमेरकालाई कसरी ‘बा’ भन्नु ? ओलीको ‘बा’ मोह अति बढेको छ । सायद उनी निःसन्तान भएर पनि होला ? कम्युनिष्ट आचरण हराउँदै गएका केपी ‘बा’ लाई क्रान्तिकारी अभिवादन मन पर्दैन । उनलाई ढोग र दर्शन मन पर्छ । चाकरी गर्ने, चिप्ला कुरा गर्ने , तेल घस्ने स्वार्थी मान्छेहरुले ’ढोग गरेँ बा’ भन्दै हातमा ढोग्दा उनी मख्ख हुन्छन । उनको छोराहरुलाई आदेश छ बिपक्षी प्रति अरिङ्गाल झैँ जाइ लाग्नु । केपी ‘बा’ को ‘बा’ बन्ने महोत्वकाँक्षा ह्वात्तै बढ्नुमा उनलाई दह्रो मनपर्ने महेश बस्नेत र गोकुल बास्कोटा जस्ता अनुयायी छोरा सरह उमेरका भएर हो । बस्नेत र बास्कोटा जस्तै अरु कार्यकर्ता पनि उनीहरु जस्तै मेरा अनुयायी बनुन् भनेर ओलीले ‘बा’ शब्द मन पराएका होलान ।
ओली गुटमा लागेका मान्छे पनि ‘बा’ शब्दलाई राजनैतिक संस्कार मै ढाल्न चाहन्छन् । मलाई चाहि ओली गुटमा लागेका सबै ओली जस्तै लाग्छन् । त्यहाँ लागेका सुवास नेम्वाङ्ग र प्रदिप ज्ञावाली पहिला भद्र र शालिन व्यक्ति लाग्थ्यो जव प्रतिनिधि सभा भंग गर्ने केपी ओली कदमको बचाउ नेम्वाङ्ग र ज्ञावालीले गरे त्यसपछि ति पात्रहरु पनि बास्कोटा र बस्नेत मै फेरीए जस्तो लागेको छ । म उस्तो हो कि केपी ओली उस्ता हुन् उनको गुटमा लागेका मान्छे भद्र र शालिन त देख्दै देख्दिन । हुन् त होलान तर औंलामा गन्न सकिने मात्र छन् होला । नेम्वाङ्ग र ज्ञवाली चुपचाप ओलीका गतिविधिमा सामेल भएको देख्दा राम राम भन्न मात्र मन लाग्छ । ओली र उनका समर्थकहरुलाई यो पातले कान्छोका कुराहरु पट्टकै मन नपर्ला तर यो देशमा जति दिन केपी ओली ‘बा’ बन्ने सामान्ती सोचाइमा छन् त्यति बढी देशले दुःख पाउने निश्चित छ ।
