IMG-LOGO

आलु खायो

 मंगल, चैत ३१, २०७७  पातलो कान्छो


आलु यस्तो तरकारी हो जुन संसारको जुनसुकै कुनामा पनि पाइन्छ  ! जस्तो माटोमा पनि फल्छ  !  अंग्रेजी भाषामा आलुलाई पोटाटो भनिन्छ  ! संसारका जति पनि भाषा छन् ति भाषामा आलुका अनेक नाम छन्   !  आलुको महात्मे सुनाइ साध्य छैन । यो आलुको महिमा हजार जिब्रा भएका शेष नागले पनि गाउन नसक्ने खालको छ । नाम जस्तै आलु आलु तरकारी मात्र होइन आलु खाना पनि हो  ! आलुलाई के बनाउने हो सबै काम कुक को हातमा हुन्छ  ! संसारमा प्रसिद्ध फ्रेन्च फ्राई देखि फिंगर चिप्स ,पोटाटोका अनेक स्वादका चिप्स देखि यो जुन सुकै तरकारीमा मिसाउदा पनि उत्तिकै मिठो हुन्छ ! त्यति मिठो तरकारी आलुलाई खायो भने नेपाली भाषामा नकारात्मक अर्थ लाग्छ   ! हाम्रो सामान्य बोलीचालीमा ’आलु खानु’ अथवा ’आलु खायो’ भन्ने शब्ले राम्रो अर्थ प्रसार गर्दैन । परीक्षामा गुल्टिनु अथवा कुनै काममा असफल भइयो भन्ने जनाउन आलु कायो भनिन्छ  ! नेपाली हास्य व्यंग्य विधामा शसक्त  भैरब अर्याल जो हास्य व्यंग्य साहित्यका सम्राट हुन् ल उनले सामाजिक व्यंग्य गर्दै आलु निबन्ध लेखेका छन्  ! ‘आलु’  िआलुलाई प्रतिक बनाइ मानवीय चरित्रको विस्लेषण गरिएको यस निबन्धमा आलुको नामकरण र गुणलाई तर्कयुक्त ढंगले हास्य शैलीमा व्यक्त गरिएको छ  िआलुको सन्दर्भबाट नेपाली बुद्धिजीवीहरु प्रति गरिएको व्यंग्य नै यस निवन्धको मूल आशय हो 
ि         आलु सिजनमा पनि उत्तिकै महत्व छ , बेसिजनमा पनि उत्तिकै महत्व छ । कसैले आलु खायो भने पछि त्यो व्यत्ति असफल भएछ भन्ने बुझिन्छ  ! कसले अर्थ्यायो होला यो आलु खाएको कुरा  ! म छक्क पर्छु दिनहु आलु र आलुका परिकार  खाएर पनि म सफलताको बाटोमा छु मेरा बिपक्षिहरुले मैले जति आलु नखाएर पनि  सधै आलु खाएको यी आँखाले देखेको छु  ! यी कानले समाचार सुनेको छु  ! जसरी आलु निबन्धमा हास्य सम्राट भैरव अर्यालले तालुमा आलु फल्नु र आलु खानु जस्ता लोक प्रिय नेपाली टुक्काको  सम्जोजन गरेर नेपाली साहित्यकार लेखकले जाने बुझेका र पढेलेखेका व्यक्ति भित्र भएका लोभी र स्वार्थी चरित्रको  बेजोड ब्यङ्ग गरेका छन्  ! 
 आलु खाएका घटनाहरु 
तपाइलाई पनि थाहा होला २००७ सालमा आएको प्रजातन्त्रले १७ सालमा आलु खायो  ! २०२८ सालमा पुरानो शिक्षाले आलु खायो  ! २०३६ सालमा जनमत संग्रह हुँदा बहुदलले आलु खायो  ! २०४६ सालमा पंचायती व्यवस्थाले आलु खायो  ! २०६५ जेठ १५ मा पुग्दा २४० बर्ष इतिहास भएको नेपालको राजतन्त्रले आलु खायो  ! यति कि पहिलो संबिधान सभाले संबिधान बनाउन नसकेर आलु खायो  ! संबिधान बनाएको श्रेय लिने नेपाली कांग्रेसले नेपालका दुई वामपार्टी पार्टीले २०७४ मा बाम गठबन्धन गर्दा  नेपालको पुरानो पार्टी नेपाली कांग्रेसले आलु खायो   ! नेपालका दुई वामपार्टी एकता भएको ३ बर्ष नहुँदै  एकताले आलु खायो ! आलु नखाने को होला र ? आलु सबैले खाएका छन्  !  मैले हिजो  कौसीमा बसेर रौसीको चुस्की लाइरा’बेला मेरा  मनमा अचानक एउटा कुरा आयो – यो पत्रकारको चुनावमा काभ्रेमा एमालेको पत्रकारहरुको सस्था प्रेस चौतारीले सानो आलु खायो जसलाई प्रेस चौतारीले सजिलै पचायो भने माओवादीको प्रेस संगठनले ठुलो आलु खायो अहिले सम्म पेट खराव छ ! त्यसैले त् प्रेस युनियनलाई  ख्याउ ख्याउ गरिरहेको छ  !
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्