आज डिसेम्बर १ तारिख बिश्व एड्स दिवस हो । अहिले संसारभरि नै कोरोना भाइरसको महामारी छ । सन २०१९ को डिसेम्बरमा चीनको वुहान शहरबाट देखिएको कोरोना भाइरसले विश्वभर करिब १३ लाख मानिसको ज्यान लिएको छ भने सन् १९८० मा अफ्रिकाबाट देखा परेको एच आइ भि एड्सले ४० बर्षमा मात्र ३८ लाख मानिसको ज्यान गएको छ । प्राणघातक रोग एड्सको पनि अहिलेसम्म बैज्ञानिकहरुले औषधि पत्ता लगाउन सकेका छैनन् । मात्र रोगीको रोग लम्ब्याउने औषधि बनाएका छ्न । दुबै भाइरस भए पनि एड्स रोग त्यति महामारी भएको भने थिएन । कोरोना भाइरस नाक र मुखबाट संक्रमण हुने तर एड्स रोग जथाभावी र अपरिचितँंग संभोगका कारण लाग्ने कारणले यि फरक किसिमका भाइरस हुन । अनैतिक र हेलचेक्राइ (असावधानी) गर्नेलाइ मात्र एड्स रोग लाग्छ तर कोरोना भाइरस जो जस्तालाई पनि संक्रमण हुन्छ ।
आज कोरोना भाइरसका कारण विश्व तवातवा छ । यसको रोकथाम भनेको नै मुसो बन्नु हो । दुलोबाट फुत्त निस्किएर बाहिर सावधानी पूर्वक खुरुरुरु आएर आफ्नो काम सकेर घरमा पस्नु हो । निरोगी अर्थात कुनै दीर्घरोग छैन भने यो भाइरस लागेको १४ दिन भित्र निको हुन्छ । यसको उपचार भनेको नियमित रूपमा तातोपानी खाने जे रोग छ त्यसको उपचार गर्ने । अर्थात मुटु रोगीले मुटुको उपचारका लागि क्यान्सर रोगीले क्यान्सर , सुगर रोगीले सुगर रोगको औषधी खाने र आत्माबल दह्रो बनाउनुपर्छ । कोरोना भाइरसले सोझै फोक्सोमा आक्रमण गर्ने हुँदा फोक्सो जोगाउनु , घरमा अक्सिजनको व्यवस्था गर्नु र खुल्ला अक्सिजन प्राप्त हुने ठाउँमा बस्नुपर्छ । रोगलाई जित्न शरिरिक रूपमा दह्रो र शरीरमा इम्युनिटी पावर हुनुपर्छ । कोरोना भाइरसको आजसम्म कुनै औषधि , खोप (भ्याक्सिन ) आएको छैन त्यसैले यसबाट जोगिन बाहिर जाँदा मास्क लगाउने र कतै समात्न पुगे सेनिटाइजर लगाएर भाइरसको संक्रमणबाट जोगिन सकिन्छ । सबै चिकित्सकको सबै देशमा यसैलाइ अनुसरण गर्दै आएका छ्न र हामीले पनि अनिवार्य रूपमा यस्तै गर्नुपर्छ ।
विश्व स्वास्थ संगठनका अनुसार कोरोना भाइरसको बिश्वब्यापी महामारी पछि सबै देशमा स्वास्थ्य सम्बन्धि चेतना बढेको छ । मान्छेका आनिबानी फेरिएका छन् । विश्वमा मृत्युदर २० प्रतिशतले कमि आएको छ । सडक दुर्घटना , हेलचेक्राइ , झाडापखाला जस्ता रोगमा कमि आएता पनि आत्महत्या भने बढेको छ । सबै देशका सरकारहरु स्वास्थ प्रति सजग भएका छन् । अस्पतालहरु थपिएका छ्न । चिकित्सकहरु झन सक्रिय भएका छन यो राम्रो पक्ष भएता पनि संसारभरि आर्थिक मन्दी लागेको छ । पर्यटन क्षेत्र तहसनहस भएको छ । मानिसहरू एक्कै ठाउँमा रोकिएका छन् । सबैको चिन्ता र चासो औषधी कहिले आउँछ भन्नेमा छ । आशा र बिश्वास गरौं छिटो यो भाइरसको औषधि आउने छ । एड्स रोगको भन्दा पनि यसको औषधि बैज्ञानिकहरुले छिटो निकाल्न नसके धेरै मान्छेको ज्यान जाने कुरा तथ्यांकले सावित गरेको छ । एड्सबाट जोगिन नैतिक आचरण गरौं कोरोना भाइरसबाट जोगिन सजक र सतर्क हुँदै आफ्ना दैनिकी चलाउन लागि परौ ।
