IMG-LOGO

प्रधानमन्त्रीमा हुनु पर्ने एउटै गुण पनि ओलीमा देखिएन

 मंगल, मंसिर १६, २०७७  किशोर नेपाल

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष खडगप्रसाद शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावको जवाफदिन दशदिनको म्यादपछि बोलाइएको नेपाल कम्युनिष्ट पार्टीको बैठक ‘एण्टि क्लाइमेक्स’ सकिएकोछ । प्रम ओलीको आत्म–अनुरागपूर्ण प्रत्युत्तरपछि शनिवारको सचिवालय बैठक सकियो । अर्को बैठक मंसीर १६ गतेका लागि तोकियो । निश्चय पनि, नेकपामा आजै १२ रेक्टरको भुईंचालो जाला भन्ने कसैले सोचेको थिएन । अपरान्ह यो स्तम्भ लेख्न बस्दा मेरो मनमा उठेको तरंग थियो ः भरेसम्म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सत्ताको हालीमुहाली सम्हालेर बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) साबूत रहन्छ कि रहँदैन ? मेरो तरंग स्वाभाविक थियो । शुक्रबार साँझ एउटा टेलिभिजन च्यानलमा प्रम ओलीका प्रेस सल्लाहकारको कुरा सुन्दा त्यसमा अलिकति पनि बिनम्रता र मेलमिलापको लक्षण थिएन ।
उनी चुनावमा एमाले र माओवादीका बीचको मतको अन्तरलाई आफना कुरामा तान्दै थिए । घटनाक्रमहरुको त्यति छिचरो ब्याख्या पनि मैले सुनेको थिइन । दशदिन अघि सचिवालयमा प्रस्तुत गरिएको प्रचण्डको प्रस्तावले प्रम ओलीलाई यति हैरानी दियो, यति हुर्मत लियो, यति अपमानित ग¥यो, यति घटिया लान्छना लगायो कि त्यसमा बहसको तयारीगर्न उनलाई समय अपुग भयो । त्यसैले दश दिनको म्याद चाहियो । उनले त्यो म्याद पाए । दशदिन अघि प्रम ओलीले प्रचण्डको प्रस्तावलाई सचिवालयको एजेण्डा नभएर आपूmमाथि ‘पाँचजना साथीले लगाउनु भएको अनुपयुक्त, अनुचित, भूmठा र भ्रमपूर्ण आरोप’ बताएका थिए । उनको भनाइ थियो, ‘यो आरोपको छिनोफानो न भै आरोप बोकी बोकी अध्यक्ष तथा प्रधानमन्त्री बस्न मिल्दैन ।’ प्रचण्डले सचिवालय बैठकमा एजेण्डा प्रस्तुत गरेका थिए कि आरोप ? यो कुनै प्रश्न होइन । प्रचण्डले भनी सकेका छन – त्यो उनको प्रस्ताव हो ।
शब्दहरु सत्य हुन्छन । कुरा तिनको सदुपयोग गर्ने वा नगर्ने भन्ने मात्रै हो । शब्द आफै मानिस हो । प्रचण्डको प्रस्तावले प्रम ओली तिलमिलाउनु नौलो कुरा थिएन । प्रम ओली मानसिक वा शारीरिक कुनै हिसावले पनि कुनै आरोपको सामनागर्न तयार थिएनन । राजनीतिक कोरोनाले थला परेको नेकपा दश दिन भेन्टिलेटरमा बसेपछि बाहिर निस्किएकोछ । दश दिन आज पूरा भयो । अहिले प्रम ओली आपूmमाथि अर्का अर्थात प्रम ओलीकै शब्दमा ‘दोस्रो’ सभापति पुष्पकमल दाहाल सहित पाँचजना साथीले लगाएका ‘अनुपयुक्त, अनुचित, भूmठा र भ्रमपूर्ण’ आरोपको जवाफ दिने क्रममा होलान । उनले आफनो जवाफ नसुनाएसम्म नेकपा कोरोना मुक्त नहुने लक्षण बढेको थियो । अध्यक्ष ओली जुन प्रस्तावको बिपक्षमा जवाफ लेखेका त्यो प्रस्तावमा प्रम ओलीको असक्षमतामाथि बमवार्ड नै गरेका छन् अध्यक्ष प्रचण्डले । अध्यक्ष ओलीको बिचारमा त्यो प्रस्ताव बिधिसम्मत होइन ।
कार्यकारी अध्यक्षका हैसियतले प्रचण्डले पढेको प्रस्ताव बिधिसम्मत होइन भने, कम्युनिष्ट पार्टीमा के चाहीं बिधिसम्मत हुने रहेछ ? यसबारे प्रम ओलीले नै प्रष्टगर्न सक्लान । अहिले प्रम ओलीको मनस्थिति पक्कै पनि ठेगानमा नहोला । प्रचण्डको प्रस्तावले उनले हैरानी बेहोरेको पक्कै हो । उनको हुर्मत लिएको छ, त्यो प्रस्तावले । उनको अपमान गरेकोछ र घटिया लान्छना लगाएकोछ । प्रम ओलीले साखुल्ले भावमा भनेका छन – आरोपको छिनोफानो न भै, आरोप बोकी बोकी पार्टी अध्यक्ष र प्रधानमन्त्रीको पदमा बस्न मिल्दैन । तर, आफै झाँक्री आफैं बोक्सी । प्रम ओली अहिले पदमा नै छन । इश्वर पोखरेललाई निमित्त प्रधानमन्त्री बनाएर पदबाट बिश्राम लिएका छैनन । न त पार्टीमा नै कुनै उप–सभापतिलाई निमित्त अध्यक्ष नै बनाएका छन । यो सत्य हो, नेपालको राजनीतिक व्यवस्थाकै हुर्मत लिएका छन् प्रम ओलीले । उनमा प्रधानमन्त्रीमा हुनुपर्ने एउटै पनि गुण देखिएको छैन ।
उनले यो संसदीय व्यवस्थामा आपूmलाई कम्युनिष्ट पार्टीको अध्यक्ष भएको नाताले प्रधानमन्त्री भएको व्यक्तिका रुपमा मात्र प्रस्तुत गरेका छन । पछिल्लो चुनावमा माओवादी केन्द्रसंग गठबन्धन गरेकै कारणले झण्डै दुई तिहाईको हाराहारीमा मत पाएपछि प्रम ओलीको गोडा भुईंमा  थिएनन् । अहिले उनले र उनका कर्मचारीहरुले त्यो तथ्यलाई आरामसँग बिर्सिन खोजेका छन् । त्यसपछिको एमाले–माओवादी एकीकरण स्वाभाविक थिएन । नेपाल कम्युनिष्ट पार्टी गठनको पहिलो मोड देखि नै प्रम ओलीले माओवादीलाई सहयात्रीको रुपमा होइन, शरणार्थीको रुपमा हेरेका हुन् । उनको बिचारमा माओवादीहरु जाने ठाउँ कहीं नपाएपछि शरणार्थीका रुपमा एमालेसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी गठनका लागि जुटेका थिए । उनीहरुलाई समाहितगर्न मात्रै बिघटित भएको एमालेको सक्रियता अहिले पनि शुरुहुने आशंकाछ । यो सत्य हो प्रधानमन्त्री ओली वर्तमान संसदको बिघटन गरेर नयाँ चुनाव गराउन चाहन्छन ।

त्यतिबेला उनको पार्टी एमाले नै हुनेछ । तर, उनको यो बिचारमा बिभिन्न व्यवधान आएका छन । पहिलो त, “प्रम ओलीकी राष्ट्रपति” भनेर जनताले चिन्न थालेका राष्ट्रपति बिद्यादेवी भण्डारी मध्यावधिको बाटो हिंडन अनकनाइ रहेकी छिन । दोस्रो, मध्यावधिको पक्षमा न्यायिक निकाय सर्वोच्च अदालत र कर्मचारीतन्त्र पनि सकारात्मक देखिदैन । त्यसैले प्रम ओलीले छातीमा हात राखेर बस्नु परेकोछ । प्रम ओलीका सिपहसालारहरुका अनुसार नेकपाका ‘ दोस्रा’ कार्यकारी अध्यक्ष, दोस्रो तहका नेता, एमालेसंगको मिलनपछि कमजोर भएका ब्यक्तिका रुपमा प्रचण्डको जतिसुकै आलोचना गरेपनि उनको एउटै प्रस्तावले प्रम ओलीको रक्षा कवच हल्लिएकोछ । प्रम ओलीले प्रधानमन्त्रीका रुपमा गरेका स्वार्थप्रेरित निर्णयहरुले देशलाई कसरी धराशायी बनाएकोछ प्रचण्डले त्यसको सबिस्तार ब्याख्या गरेका छन् । नेकपा सचिवालयमा प्रस्तुत प्रचण्डको प्रस्तावमा जनताको आवाज र चित्कारको प्रतिध्वनि छ ।

यो उनको दुःख–दर्द र अपमानको पुलिन्दामात्रै होइन । जनताले यो बुझेका छन् । प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्वच्छ सरकार र सुशासनको कार्यदिशा विपरीत प्रधानमन्त्री केपीशर्मा ओलीले सरकार चलाएको आरोप लगाएका छन् । प्रम ओली नेतृत्वको सरकार देश र जनताको आवश्यकता र आकांक्षाप्रति संवेदनशील हुनुको साटो ब्यक्तिवाद र व्यक्तिपूजातर्फ प्रवृत्त रहेको बताएर प्रचण्डले सत्यको ढोका व्हाङ्ग पारेका छन् । नेकपाको बहुमत प्राप्त सरकारबाट जनताले सुशासनको आशा गरेको बताउँदै प्रचण्डले प्रम ओली सरकारले यो अवधिमा भ्रष्टाचारका अनेकौं काण्ड दोहो¥याएको बताएका छन् । आरोपित माथि छानबिन समेत नहुने स्थिति सिर्जना गरेर प्रम ओलीले जनतामा पार्टी र सरकारप्रति नकारात्मक धारणा सिर्जना गरेको कुरा प्रचण्डले आफनो प्रतिवेदनमा स्पष्ट लेखेका छन । “सत्तामा रहेको पार्टीभित्र भ्रष्टाचार, विचलन, नोकरशाही शैली, व्यक्तिवाद, पदीय अहंकार, नैतिक र चारित्रिक स्खलन र जनताबाट अलगावको प्रवृत्ति देखापर्ने खतरा अन्य बेला भन्दा प्रवल हुन्छ ।यस्ता प्रवृत्तिहरुलाई सच्याउन व्यापक रुपमा अभियान सञ्चालन गर्नुपर्छ” भनेर पार्टीलेगरेको मार्ग निर्देशनको उपहास गरियो । वाइड बडी विमान खरीद, सुरक्षण छापाखाना खरीद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्गसंगको अपारदर्शी र शंकास्पद कारोबार, चिनी आयात घोटाला, कोरोना संक्रमणको नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरीदमा ओम्नी समूहको साँठगाँठ र अनियमितता, बजेट सार्वजनिक गर्नु अघि अतिगोप्य राख्नुपर्ने राजश्वका दर रेट परिवर्तनलाई चुहाएर विद्युतबाट चल्ने गाडी र चकलेट आयातमा अनियमितता जस्ता प्रकरण सार्वजनिक भए । यस्ता प्रकरणमा मुछिएकाहरुको प्रतिरक्षा गरेर प्रम ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेको स्पष्ट आरोप छ प्रचण्डको प्रतिवेदनमा । प्रम ओलीले सरकारको सञ्चालन पार्टीको सल्लाह र निर्देशनमा नभई व्यक्तिगत इच्छा र आकांक्षा अनुसार गरेको बताएकाछन प्रचण्डले ।

सञ्चारजगत र जनता किन ओली सरकारको प्रखर आलोचक भइरहेको छ ? प्रचण्डको प्रश्न छ । छिमेकी देश चीनमा कोभिड–१९ को महामारी गम्भीर अवस्थामा पुगेको र नेपालमा चीनबाट फर्केका एक जना व्यक्तिमा मात्र कोरोना विषाणुको संक्रमण देखिएको अवस्थामा सरकारले बन्द र बन्देजको घोषणा गर्नु उचित थियो । तर दुई महिनासम्म सिंगो राष्ट्रलाई बन्दाबन्दीमा राखेर पनि महामारीसँग जुझ्न सरकारले यथोचित तयारी गरेन । नेपाल उच्च जोखिममा रहेको भन्ने विज्ञहरुको चेतावनी अनुरुप काम गरिएन, प्रतिवेदनमा उल्लेख छ । प्रचण्डका यी बिचारले देशमा बिद्यमान अवस्थालाई प्रष्ट गरेकोछ । सुशासनका नाममा ओली सरकारबाट जनता प्रताडित छ । एकातिर, कोरोनाका कारण देशमा भोकमरी बढदै गएकोछ भने अर्कोतिर भोकालाई भात खुवाउनेहरुलाई खुला ठाउँबाट काठमाडौंको कालमोचन घाटतिर धकेलिदैछ । सरकार रोगग्रस्त अर्थतन्त्रलाई सौन्दर्य परिधानका सस्ता सामग्रीले सिंगार्दैछ ।
देश नाजुक अवस्थामा पुगेका बेला प्रचण्डले आफनै पार्टीको सरकारका गतिविधिलाई जसरी छताछुल्ल पारी दिएका छन त्यो आफैंमा साहसिक कदम हो । ओली सरकारको निर्गम नेकपाका कार्यकारी अध्यक्ष तथा त्यसका प्रभावशाली नेताहरुको मात्रै कार्यसूचि नभएर यो सर्वदलीय चासो र सरोकारको बिषय हो । संसदको अधिवेशन बोलाएर ओली सरकारलाई बिदागर्नु उत्तम बाटो हुन सक्दछ । त्यसो त, वर्तमान सरकारको निर्गमका सबै बाटा खुला छन 
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्