IMG-LOGO

होसियार ! नेताहरुको चेत खुलोस्

 मंगल, कार्तिक २२, २०७९  जय देश श्रेष्ठ

      आफ्नो स्वार्थमा पार्टीहरुले जो जुन सुकै सँग चुनावको लागी आफू जित्न गठबन्धन गरेका छन् । पार्टीको झन्डा लिएर गठबन्धनमा पार्टीहरूले अरूको चुनाव चिन्ह हँसिया हथौडा , रुख र सूर्य र हलोमा भोट माग्न र लाल सलाम जय नेपाल भन्न लाज सरम मानेका छैनन् । राजनीतिमा कोही कसैको दुस्मनी हुँदैनन् भने पार्टी र शीर्ष नेताहरूको बाहुल्य रहेको देशमा चुनावको अरबौँको खर्च किन ? याहाँ पञ्चको पनि जित हुन्छ । राजाको पनि स्थान हुन्छ । माओवादीको जनयुद्धलाई पनि उच्च स्थान हुन सक्छ भने देशमा सच्चा सहिदहरूको मान किन हुन सकेन ? राज्यले गुमाएको हजारौँ नागरिकहरूको बलिदानको उपलब्धि किन भएन ? भन्ने गरिन्छ “ सतीले सरापेको देश जस्तै राम्रो काम गर्नेहरूको स्थान छैन “ नराम्रो गर्नेहरूको बाहुल्य किन भई रहेको छ ?

      आजको अवस्थामा देश र जनताको लागी सबै नेताहरू नेपालको राष्ट्रिय झन्डा मुनि एक बद्ध भएर लाग्नु सक्नु पर्ने अवस्थामा नेताहरू अन्य पार्टी, पार्टीहरूको झन्डा मुनी ओत लाग्न पुगेका छन् । एक लाई सिध्याउन अनेकै नीतिले अगाडी बढाएका छन् । याहाँ कुनै पार्टी र कोही शीर्ष नेताहरूमा विश्वास भरोसा गर्नको लायक छैन । आजको मित्र भोलिको वर्ग शत्रु हुन समय पर्खनु पर्दैन । आफ्नो भाग नमिले पछि भोलि अर्कै पार्टी सँग सम्झौता गर्न पुग्छन् ।

      हामीलाई बाबुराम , प्रचण्ड , माधव नेपाल , शेर बहादुर , के. पी.ओली सबै नेताहरूको बलिदान ,त्याग तपस्या पार्टी  र  जनआन्दोलनमा गरेको भूमिका थाहा छ । आफ्नो योगदानको प्रतिफल सधैँ राज्य दोहनमा सत्ता भोगी भएर बिताउने हो ?

      आज आम नागरिकहरूले युवा नेतृत्व किन भनी रहेको छ ? आज काठमाण्डौको मेयर , धरानको मेयरको किन तारिफ भई रहेको छ ? देशमा प्रजातन्त्रको लागी उनीहरूको योगदान के छ ? आजको युवा पीढीले प्रजातन्त्रको अर्थ बुझ्दैनन् । उनीहरूलाई विकास चाहिएको छ । आफ्नो देश भित्र बाँच्ने अधिकार चाहिएको छ । आज देशका युवा सक्तीलाई विदेश भूमिमा गुलाम बन्न पठाएर राज्य भोग गर्ने सरकार ! नेपाली जनतालाई चाहिएको छैन ।

      आजको युवा पीढीको आक्रोश उनीहरू बेरोजगार छन् । सरकारी जागिर पाएका छैनन् । देशमा काम गरी खाने वातावरण छैन । लगानी गर्ने बाटो छैन । उद्योग व्यवसाय गर्ने नीति नियम र सहुलियत प्रोत्साहन छैन । कर उठाउने सरकारले व्यवसायी , उद्यमीहरू , काम गरी खाने व्यक्तिहरूमा सुरक्षा र सहयोग छैन भने देश आत्म निर्भर कसरी हुन्छ ? बैकबाट कर्जा पाएको छैन । घरजग्गा कारोबार थप्प छ । पैसाको ब्याजदर उच्च छ भने जनताले दुख किन गर्नु पर्यो ? बसी बसी ब्याज पाएकाहरूले भोलि साँवा गुमाउने अवस्था आई पर्ने छ । सरकारले अर्थ व्यवस्था मिलाउन सकेको छैन ।

      देशले पौरखी , पढे लेखेका , कर्मयोगी मानिसहरूमा सही ब्यवस्थापन गर्न नसक्नु नै आजको देशको दुर्गती भएको हो । देशमा शान्ति सुव्यवस्था कायम गर्नु राज्य सरकारको दायित्व हो । आफ्नो दायित्व बिर्सेर सधैँ सत्ता लिप्साको राजनीतिमा नेताहरू व्यस्त छन् । सरकारबाट राज्यमा नीति नियम तर्जुमा हुन सकिरहेको छैन । सांसदबाट संविधान घोषणा गर्न संविधान सभाको चुनाव भएको राष्ट्र नेपाल आज विश्व सामु लज्जित भएर अस्थिर सरकार , अविकसित देशमा गनिन पुगेको छ ।

      देश र जनताको लागी काम गर्ने नेताहरूको बचन बद्धता , इमानदारिता, उनीहरूले गरेको शपथ ग्रहण कहाँ पुग्यो ? भोलि  नेता भने पछि सबैले छि छि र दूर दूर गर्ने वातावरण नबनोस् । हामीले नेताहरूको त्याग तपस्या बलिदान बुझेको छु , सम्झेको छु । यो देशका महान नेताहरू बि.पी.कोइराला , गणेशमान , पुष्पलाल , मदन भण्डारी , कृष्ण प्रसाद , मन मोहन अधिकारी सयौ नेताहरूको साथै राजाहरूको पनि योगदान रहेको छ । आजको युवाहरूले हिजोकाले के गरेँ ? तिनीहरूले सोच्दैनन् । उनीहरूले सोच्ने भनेको अहिलेकोले के गरी रहेको छ ? त्यसैले राष्ट्रिय कार्यक्रममा देशको उच्च पदस्थ सम्मानित ब्यतित्व राष्ट्रपति विद्या देवी भण्डारी , सम्माननीय प्रधान मन्त्रीको सवारी भएको स्थानमा वहाँहरूलाई भन्दा काठमाडौँ मेयर बालने शाहलाई प्राथमिकता दिई रहेको छ । राष्ट्रपति प्रधान मन्त्रीको अगाडी मेयरको वाह वाही चली रहँदा नेताहरूमा आत्मग्लानि हुँदैन र कार्य शैली बदल्ने चेतना खुल्दैन र राज्यको नीति नियम फेर्दैन अनि सधैँ यस्तै अवस्था रहने हो भने देशमा सत्ता र सरकार परिवर्तन किन ? मतदान किन ? चुनाव किन ?

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्