चरित्रले नै मान्छेलाई चिनिन्छ । उहिले देखि यो संसारमा विभिन्न चरित्र भएका मान्छेहरु आए गए । राम्रालाई देवता भनियो नराम्रालाइ राक्षस । मैले यहाँ बेलीबिस्तार लगाउन खोजेको महाभारत कथाको हो । हामीले सुन्दै , सुनाउदै र पढ्दै आएको बैद्धिक कथा हो ‘महाभारत” । महाभारतलाई धेरै जसोले धार्मिक ग्रन्थ पनि भन्छन् , म चाही यसलाई वैदिक साहित्यको महान ग्रन्थ भन्छु । त्यो बेला कौरव र पाण्डवको लडाँइ भयो या भएन म त्यसपट्टि जान चाहन्न तर महाभारत कथा र यस्का एक एक पात्रहरुका चरित्र चाखलाग्दा र बेजोड छन् । कथामा एक विना अर्को पात्रको कहानी अधुरो हुन्छ । यति चाख लाग्दो कथा सायद पश्चिमा साहित्यमा पनि छैन होला । मैले महाभारतका चरित्र चित्रण गर्नु पनि आफ्नै कथा छ । २०२० मइ महिनाबाट अध्ययन र लेखन थालनी गरेको र पात्रहरुबारे क्रमशः लेख्दै काभ्रे टाइम्स पत्रिकामार्फत प्रकाशित हुँदै आएको थिए र पछि यो पुस्तककार हुन ठ्याक्कै दुई बर्ष लाग्यो । यदि म २०२० को मार्च अप्रिलमा गम्भीर बिरामी भएर अस्पतालको शैयामा नबसेको भए मेरो महाभारत कथा प्रति त्यति चाख हुँदैन थियो होला ।
महाभारत कथा पढेर हामी कसैले पनि एउटै सम्मति बनाउन सक्दैनौं । महाभारत पढने कसैले पनि एउटै कुरोको दीक्षा प्राप्त गर्न सक्दैन यसलाइ पढ्ने प्रत्येकले आफ्नो रुचि अनुसारको विषयवस्तु सोअनुरुपको ज्ञान यस ग्रन्थ भित्र भेट्न सक्दछ । एकता भित्रको विविधता र विविधता भित्रको एकता नै यसग्रन्थको विशेषता हो । महाभारत कथालाई मैले अघि भनिसकेको छु कि म महाभारतलाई धर्मग्रन्थ मान्न सक्दिन । यो हाम्रो पुर्वीय सभ्यताको सबैभन्दा पुरानो यो वैद्धिक साहित्यिक ग्रन्थ हो । यो कथा द्वापर युगमा वेदव्यासले नै लेखे भनेर ठोकुवा पनि गर्दिन । जस्ले लेखे वा सुनाए , सुनाउदै आए उहाँहरु हाम्रो समाजलाई दिशानिर्देश गर्ने महान शिक्षक पक्कै भए ।
हाल भारतको हरियणामा रहेको त्यति सानो कुरुक्षेत्रमा त्यत्रो भिषण लडाई कसरी सम्भाव भयो होला र ? म पत्याउन पनि सक्दिन तर यस कथामा उल्लेखित पात्रहरुको चरित्र नै हाम्रो सभ्यतामा वषैँ देखि जन्मदै र मर्दै आएका पात्रहरुको कथा भने बिलकुल हो । त्यो बेलामा मात्र होइन अहिले पनि महाभारत कथामा उल्लेखित पात्रहरुको चरित्र भएका मान्छे हाम्रो समाजमा हाम्रै वरिपरि छन्, यहाँ कृष्ण छन् , युधिष्ठिर छन् भिम,अर्जून नकुल,सहदेव छन् , भिष्म , विदुर कणर् ,दुर्योधन, दुस्सासन, सकूनी, शिशुपाल, कंश, बलराम, दौपदी, गंगा, धितराष्ट्र, र गान्धारी अझै पनि जीवित पात्रका रूपमा हाम्रै अगाडि कुदिरहेका छन् । को चाही छैनन् र? म त चारैतिर महाभारतका चरित्रहरु देख्छु ।
महाभारत कथा पढेर कसैले पनि एउटै सम्मति बनाउन सक्दैनौं यो ग्रन्थ पढने कसैले पनि एउटै कुरोको दीक्षा प्राप्त गर्न सक्दैन त्यसलाइ पढ्ने प्रत्येकले आफ्नो रुचि अनुसारको विषयवस्तु सो अनुरुपको ज्ञान महाभारत भित्र भेट्न सक्दछ एकता भित्रको विविधता र विविधता भित्रको एकता नै महाभारतको विशेषता हो यो कथा नेपालमा मात्र होइन हाम्रो छिमेकी देश भारत र भारतिय संस्कृतिमा जीवित छ । आज भारतिय र नेपालीहरु जहाँ जहाँ छन् । यो कथा त्यहि त्यही छ त्यसैले पनि मैले विभिन्न श्रोतबाट टिपेर पुस्तककार रुपमा पाठकमाझ मेरो पहिलो पुस्तकका रूपमा ल्याएको हुँ । पुस्तक प्रकाशन गरी पाठक सामु पुर्याउने शिखावक्स, भुमिका लेखिदिनु हुने चारवेद नेपालीमा उल्था गर्ने सस्कृत भाषाका प्रकाण्ड विद्वान तिलकप्रसाद लुइँटेल बाहिरी कभरमा मेरो परिचय दिनुहुने पत्रकारिताका भिष्म पितामह किशोर नेपाल शुभकामना दिनुहुने मेरा गुरु डा. घनश्याम न्यौपाने परिश्रमी शुद्धाशुद्धी केलाई दिननुहुने चन्द्रप्रसाद न्यौपाने प्रति कृतज्ञ छु । कम्प्यूटरमा सहयोग गर्ने भाइ पवन भुजेल र गौरव मानन्धर लगायत यो पुस्तक तयार गर्दासम्म काभ्रे टाइम्स परिवार र बाहिरी फोटो खिचिदिने सहकर्मी रमेशप्रसाद न्यौपाने साथै सुझाव सल्लाह दिनुहुने सबैमा हार्दिक नमनका साथ आभार र गहिरो माया ।
