IMG-LOGO

जवज नेपाली क्रान्तिको मार्ग दर्शक मन्त्री ज्ञवाली

 मंगल, सावन १३, २०७७  --

नेपाल कम्युनिष्ट पार्टीका युवा नेता एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको मार्ग दर्शक भएको बताउनुभएको छ । शनिबार बनेपाको उग्रचण्डी होटलमा मदन भण्डारी फाउण्डेशन काभ्रेले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेकपाका युवा नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशमा उत्पन्न हुने राजनीतिक संकट र एमालेमा प्रकट हुने समस्या र सहजताका लागि कम्युनिष्ट आन्दोलनका सिद्धान्तकार मदनको लोकप्रियताको खोजी बारम्बर खट्किएको बताउनु भयो । जन नायक जनताका प्रिय नेता राष्ट्रियता लोकतन्त्र र समाजवादमा समाजलाई आर्थिक र सामाजिक रुपान्तरण गरी देशलाई समृद्धि बनाउने सपना अधुरै छोडेर जानुभएकोले त्यसको कार्यवाहक नेकपाको केपी ओली नेतृत्वको सरकारले जनताको जीवन बदल्न लागि परेको कुरा नेकपा युवा नेता ज्ञवालीले बताउनुभयो । पूर्व एमाले र माओवादी मिलेर नेकपा बनेको हो । अब टुटफुटको राजनीति गरेर हैन अब जनता र कार्यकर्ताको भावनालाई कुठाराघात नगरी समृद्ध नेपाल सुखी नेपालीको चाहनालाई परिपुर्ति गर्नुपर्ने अभिभारा नेकपामा रहेको युवा नेता ज्ञवालीले बताउनुभयो । बागमती प्रदेश कमीटी सचिव एवं मदन भण्डारी फाउण्डेशनका केन्दी्रय सदस्य आनन्द पोखरेलले जननेता मदन भण्डारीको २२ औं स्मृति दिवस मनाई रहँदा नेकपा एमाले द्वारा आयोजित पाँचौ छंैठौ सातांै र आठौं महाधिवेशनहरुले जवजलाई नेपालको सन्दर्भमा माक्र्सवादको सृजतात्मक संस्करणको रुपमा स्वीकार गरेको धारणा राख्नुभयो । नेकपा काभ्रेका इन्चार्ज एवं पूर्व सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले नेकपालाई सुकेनाश लागेको बनाउने की सवलीकरण गरी पार्टीलाई एकताबद्ध गराउने कुरा यहाँ नेर छ । व्यक्तिगत कुण्ठा पालेर सरकारलाई घारेहात लगाउने भारतीय लम्पसार वादमा लागि राष्ट्रिय स्वाधिनतामा विचालन आउने गरी अलापिदंै कुर्लदै हिड्नु ठिक नभएको नेकपा काभ्रे इन्चार्ज बास्कोटाको तर्क थियो । पार्टीका शीर्ष नेतृत्व पूर्व प्रधानमन्त्री भइसक्नु भएको कमरेडहरु हुनुहुन्छ । सचिवालयमा खटिएका दिगज नेताहरु हुनुहुन्छ । कार्यकर्ता र जनताहरुको भावनामा कुल्चिएर पार्टीलाई दुर्घटनाको बाटोमा लाग्ने पार्टी फुटाउने खेलमा नलाग्नुहोस् । नेकपा केपी ओलीको नेतृत्वमा दुईतिहाई नजिकको मत दिएर राष्ट्रलाई समृद्धि बनाउन दिएको बताउँदै चाँडो भन्दा चाँडो महाधिवेशन गरेर पार्टीलाई एकताबद्ध गरी राष्ट्रको सर्वाङ्गीण विकासमा लाग्नुपर्ने धारणा नेकपा काभ्रे इन्चार्ज बास्कोटाले राख्नुभयो । बाम पार्टीको क्षयीकरण रोक्न स्थीर सरकार निर्माण गरी देशलाई समृद्ध बनाउ एकता गरेको दोहो¥याउँदै जसले पार्टी फुटाएर जान्छ उहि नेपाली जनताको शत्रु हुने औलाउनु भयो । हिजो एमाले छँदाकै बखत पनि माले हँुदा के हविगत भयो ? माओवादी केन्द्र फुटेर वैद्य माओवादी, डाक्टर बाबुराम भट्टराई नयाँशक्ति हँुदै अहिले मधेशवादी दलमा पुगेर के भएको छ ? फुटको राजनीतिबाट के भएको छ नेतागणहरु राम्रोसँग हेक्का राख्न नेकपा काभ्रे इन्चार्ज बास्कोटाले चुनौती दिनुभयो । जनताको बहुदलीय जनवाद नबुझ््ने नेताले नेतृत्वमा जान नसक्ने तर्क राख्नुभयो । जवज गतिशिल दस्तावेज भएकाले नबुझ््नेलाई बुझाउने समय अुनुसार परिभाषित हुन सक्ने धारणा नेकपा काभ्रे इन्चार्ज बास्कोटाले राख्नुभयो । त्यसैगरी नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोककुमार व्याञ्जुले जनताको बहुदलीय जनवाद जनता आर्थिक सामाजिक रुपान्तरण सँगै देशको समृद्धिसँग जोडिएको हुदा काभ्रे जिल्लाको १३ वटै स्थानीय तह मात्र नभइ देशका सबै स्थानीय तहमा गठन गर्न लागि पर्नुपर्ने धारणा राख्नुभयो । कम्युनिष्ट इतिहासको विरासत थामेको यस घडिमा राजनितिक शिखरमा पुगेको छ । अहिले राजनीतिको मियो बोट विगार्ने हैन ,बोट बिग्रियो भने सिद्धान्त बिग्रिन्छ । यो बेला मियो बिगार्ने सरकार परिवर्तन गर्ने बेला हैन । पिछडिएको वर्ग, गरिब निमृखा जनताको जीवनमा हासो र खुसि ल्याइ देशलाइ समृद्ध बनाउने बेला हो । समयलाइ चिनौ केन्द्र प्रदेश स्थानीय सबैमा कम्युनिष्टको दुइ तिहाइको सरकार भएको बेला पार्टी भित्रकै अनेकन खिचातानीमा अल्झेर समय वर्वाद नर्गन शिर्ष नेतृत्वलाई नेपाल नगरपालिका संघका अध्यक्ष ब्याञ्जुले आग्रह गर्नुभयो । नेकपा काभ्रेले पार्टी एकीकरण भएपछि एकपटक भन्दा मिटिङ राख्न नसकेकोमा आक्रोश व्यक्त गर्दै यस्तो कोभिड १९ प्रकोपको बेला जनताका जीवन रक्षा आर्थिक संकटलाइ टार्न योजनाबद्ध ढंगबाट लाग्नुपर्ने ठाउमा हात बाधेर बस्नु नेकपाको नै धज्जी उडाएको ठहर भएको नगरपालिका संघका अध्यक्ष व्याञ्जुले बताउनुभयो । कार्यक्रममा संविधानसभा सदस्य रामहरी सुवेदी, बाग्मती प्रदेश सांसद बसुन्धरा हुमागाइ, चन्द्र लामा र गोमा भुर्तेल जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव के.सी नगरपालिकाका प्रमुख उपप्रमुख लगायतका नेकपाका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा पूर्वमाओवादी पक्ष र नेपाल पक्षका नेताहरु भने कोहि पनि उपस्थिती भएका थिएनन् । कार्यक्रमको सभापतित्व मदनभण्डारी फाउण्डेशन काभ्रेका अध्यक्ष कुमार तिमल्सिनाको सभापत्विमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव जेनिस लामाले गर्नुभएको थियो ।
मदन भण्डारी फाउण्डेशनको नेतृत्वमा कुमार तिमल्सिनाको – अध्यक्षतमा ३५ सदस्य कमिटी गठन भएको छ । उपाध्यक्ष निरोज खड्का, सचिवमा विपिन लामा सहसचिव निर्मल त्रिपाठी कोषाध्यक्षमा नवराज भुर्तेल रहनुभएको छ । त्यस्तै गरी मदनभण्डारी स्पोटर्स एकेडेमीको अध्यक्षमा राकेश लामाको नेतृत्वमा ४५ सदस्यीय समिती गठन भएको छ । कोभिड–१९ महामारी प्रकोपको कारण सरकारले नै २५ जना भन्दा वसी भेला गर्न नपाइने मन्त्री परिषदबाट निर्णय गर्ने । त्यहि मन्त्री परिषदका सदस्य आपैंm सयौँ कार्यकर्ताको विचमा भाषण ठौक्दै हिड्ने नियम वनाउने आपैmं उलंघन गर्ने गरेपछि के हुन्छ ? त्यस्तै प्रतिपक्ष नेपाली कांग्रेस पनि कम छैन । गत मंगलबार पनौतीमा वि.पी जयन्तीका दिन सयौँ कार्यकर्ताका बीच कार्यक्रम गरेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्