IMG-LOGO

बोलेरोले ठक्कर दिदाँ बालकको मृत्यु

 मंगल, जेठ २४, २०७९  ---

 

            पनौती सडक खण्ड धनेश्वर मार्गमा बोलेरोले ठक्कर दिदाँ एक बालकको मृत्यु भएको छ । बनेपा नगरपालिका वडा न ११ धनेश्वर नजिकै बोलेरोको ठक्करको कारण  सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका ५ वर्षिय आशिस अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका इन्स्पेक्टर नारायण थापाले जानकारी दिनुभयो । बोलेरोको ठक्करबाट गम्भीर घाइते अधिकारीको शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार बोलेरो चालक तेजप्रसाद हुमागाई र बोलेरो पिकअप  प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्