IMG-LOGO

बनेपा नगरमा एमालेले ग¥यो शपथ ग्रहण बहिस्कार

 मंगल, जेठ १०, २०७९  ---

बनेपा नगरपालिकाका नवनिर्वाचित मेयर शान्ति रत्न शाक्यले पूर्वी ढोका मानिएको बनेपा नगर सफा, स्वच्छ, डुवानमुक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आइतबार बनेपा पार्टी भेन्यूमा बनेपा नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै शाक्यले विगतका अधुरा योजनाहरु आफ्नो कार्यकालमा सफल बनाउने, नगरवासीलाई स्वच्छ खानेपानी वितरण गर्ने, पुण्यमाता करिडोर निर्माण, फोहोर मैला व्यवस्थापन, विकास निर्माणलाई तिव्रताका साथै चुनावी घोषणा पत्र बमोजिम दत्तचित्त भएर कार्य गरिने बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि पूर्व राज्य मन्त्री कन्चनचन्द्र बादे श्रेष्ठ, बनेपा नगरपालिकाका पूर्व प्रमुख डा.सुरेन्द्र बहादुर बादे, लक्ष्मी नरसिं वादे, एकीकृत समाजवादी बनेपा नगर कमिटी अध्यक्ष रघुवर चौ प्रधान, नेपाली कांग्रेस बनेपा नगर कमिटी सभापति महेश कर्माचार्य लगायतले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई राजनीतिक आस्थाका आधारमा नगरवासीलाई विभेद नगरी समग्र बनेपाको विकासमा लाग्न अनुरोध गर्नुभयो । नवनिर्वाचित वडा अध्यक्षहरु, वडा सदस्यहरुलाई शपथ ग्रहण गराइएको कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु भने अनुपस्थित रहेका थिए । प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य, निर्वाचन अधिकृत शारदा भण्डारी, उद्योग वाणीज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्य, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना लगायत नगरवासीहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन बनेपा नगरपालिकाका प्रशासकीय अधिकृत धु्रवराज नेपालले गर्नुभएको थियो ।

      गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा बनेपा नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले शपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका छन् । नगरको ७२ सिटमा १४ वडाको ७ वडामा अध्यक्ष, नगर उपप्रमुख सहित ३८ पदमा विजयी हाँसिल गरेको बहुमत प्राप्त दललाई चट्टक्कै विर्सेर मनोमानी ढङ्गले शपथ ग्रहण कार्यक्रम गरेकोले बहिस्कार गर्नु परेको कुरा नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जीतकारले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ । सोही दिन एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नगरसभाहलमा बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले शपथ ग्रहण गराउनुभयो । कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख उद्धव के.सी., कार्यबाहक नगरप्रमुख रेखा सापकोटा दाहाल लगायतको उपस्थिति रहेको थियो ।

एमालेले पनौतीमा पनि सपथ बहिस्कार     

      नेकपा एमालेबाट निर्वाचित पनौती नगरपालिकाका जनप्रतिनिधिहरुले शपथ ग्रहण बहिष्कार गरेका छन् । नेकपा एमाले पनौती नगर कमिटिले एक विज्ञप्ती जारी गर्दै शपथ कार्यक्रममा सहभागी नहुने बारे जानकारी गराएको छ । नगर कमिटी अध्यक्ष सुरेश प्रसाद हुमागाईद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । हाम्रो पार्टीबाट उपप्रमुख सहित ७ वटा अध्यक्ष र सदस्यहरु गरी ३९ सिट भएकोलाई वेवास्ता गरी मनोमानी ढङ्गबाट शपथ ग्रहण कार्यक्रम राखेकोले बहिस्कार गर्नु परेको कुरा एमाले पनौती नगर कमिटीका अध्यक्ष सुरेश हमागाईले बताउनुभयो । ६२ जनाको नगरसभामा नगर सभामा बहुमत रहेको पार्टी नेकपा एमालेसँग कुनै सल्लाह नगरी शपथ ग्रहण कार्यक्रम राखेकाले एमालेबाट निर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण बहिष्कार गरिएको कुरा उल्लेख छ । एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई सोमबार नै छुट्टै समारोहका बिच पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले शपथ ग्रहण कार्यक्रम गराउने बताइएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्