IMG-LOGO

पाँचखाल वडा नं. १३ मा आज चुनाव

 मंगल, जेठ ३, २०७९  ---

 

      २०७९ बैशाख ३० गते भएको स्थानीय सरकारको चुनाव काभ्रेमा छिटपुट घटना बाहेक शान्ति पूर्वक ढङ्गबाट सम्पन्न भएको छ । पाँचखाल नगरपालिका वडा नं. १३  कोशीदेखामा श्रीराम मावि मतदान केन्द्र क र ख मा मतदान अधिकृतले मतपत्र वितरण गर्ने क्रममा उत्पन्न विवाद उत्कर्षमा पुगेपछि गत शुक्रबार बैशाख ३० गते चुनाव स्थगीत भएको निर्वाचन अधिकृतको कार्यालय पाँचखाल नगरपालिकाले जनाएको छ । गत शुक्रबार दिउँसो ११ बजे स्थगित भएको चुनाव आज विहान ७ बजे देखि दिउँसो ५ बजे सम्म पुनः मतदान हुने भएको छ । काभ्रेको पाँचखाल–१३, तेमाल गाउँपालिका वडा नं. ७ र ९ त्यस्तै गरी चौरीदेउराली गाउँपालिका वडा नं ६ मा समेत चुनाव स्थगित भएको थियो । पाँचखाल –१३ बाहेकका क्षेत्रमा भने सोहि दिन चुनाव शान्तिपूर्वक भयरहित वातावरण रुपमा सम्पन्न भएको कुरा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले काभ्रे टाइम्सलाई बताउनुभयो ।

      पाँचखाल नगपालिकामा सत्ताघटक कांग्रेस सहितको गठवन्धन र नेकपा एमालेका कार्यकर्ता र मतदान अधिकृत बीच भएको मतपत्र विवादले उग्ररुप लिएपछि मतदान स्थलमा रहेका टेवल, कुर्शी, मतपेटीका तोडफोड गर्नुका साथै मतपत्र च्यातिएका थिए । उक्त घटनाको बारेमा निर्वाचन आयोग, सम्बन्धित निर्वाचन कार्यालय, मानव अधिकार आयोग, जिल्ला प्रशासन कार्यालय, धुलिखेल र जिल्ला प्रहरी कार्यालय धुलिखेलले सूक्ष्म अध्ययन  अनुसन्धान गरिरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई पाँचखाल–३ कोशीदेखाको घटनाको बारेमा थप बुझ्दा उहाँले यसो भन्नुभयो । उक्त घटना भएको स्थलको घटना के कसरी घट्यो, बस्तु स्थितिको बारेमा प्रमाण संकलन र अनुसन्धान भइ रहेको बैशाख ३ गते चुनाव सम्पन्न भइ सकेपछि त्यसको छानविन गरेर दोषीलाई कारबाही प्रक्रिया अघि बढाउने बताउनुभयो । उक्त क्षेत्रमा केन्द्रीय सुरक्षा रणनीति, जिल्ला सुरक्षा रणनीति, मोबाइल सुरक्षा गस्ती र आवश्यकीय  जनशक्ति परीचालन गरेर चुनाव शान्तिपूर्वक भयरहित वातावरणमा सम्पन्न गर्ने तयारीमा जुटेको प्रजिअ पाण्डेले बताउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्