२०७९ बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा नमोबुद्ध नगरपालिका वडा नं. १ को वडा अध्यक्षमा प्रेम लामा विजयी भएका छन् । उनले ५ सय ५६ मत प्राप्त गरी विजयी भएका हुन् । नेकपा एमालेका निरोज पाण्डेले ४ सय ४७ मत र नेपाली कांग्रेसका गणबज्र लामाले २ सय ८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसले टिकट नदिएपछि लामाले प्यानल सहित स्वतन्त्र रुपमा बागी उम्मेदवार दर्ता गरेका थिए । प्रेमको समुहबाट दलित महिला सदस्य खुल्ला सदस्य निर्वाचित हुनु भएको छ । लामाले जेव्रा चिन्हबाट चुनावी प्रतिस्पर्धीमा भाग लिनु भएको थियो ।
