IMG-LOGO

मानव कल्याण समाजको शाखा धुलिखेलंमा

 मंगल, असोज २७, २०७७  ---

    हुनेबाट सहयोग नहुनेलाई उपभोग भन्ने नाराका साथ भक्तपुरमा गठन भएको मानव कल्याण समाजको शाखा कार्यालय धुलिखेलको २८ किलोमा रहेको छ । सडकमा कष्टकर एवं वेवारिसे रुपमा शारीरिक र मानसिक रुपले अशक्तहरूको लागि गाँस, बास, कपास स्वास्थ्य सुरक्षाको व्यवस्था गर्ने संस्थाले उद्देश्य लिएको छ । संस्थाको अध्यक्ष सुमित्रा चौलागाइले मानव जगतको सेवा भावले गठन भएको संस्था भएकोले सबैको सहयोग र सद्भाव रहनेमा आफूले विश्वास लिएको बताउनु भयो । असाहय अशक्तहरूको सेवा गरी मानवताको कल्याण गर्नु नै सबभन्दा ठूलो धर्म रहेको संस्थाकी अध्यक्ष चौलागाइले अतिथिहरूलाई स्वगत कार्यक्रममा आफ्नो धारणा राख्नु भएको हो । धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक व्यान्जुले कार्यालयको  अद्घाटन गरेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धुलिखेल काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, कलाकार सरिता लामिछाने, धुलिखेल नगरपालिकाकी उपप्रमुख विमला शर्मा, नेपाल पत्रकार महा संघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, धुलिखेल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष रविन्द्र कर्माचार्य लगाएतको कार्यक्रममा अतिथ्यता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्