IMG-LOGO

नेपाली कांग्रेस बनेपा नगरको चुनावी सम्पर्क कार्यालय स्थापना

 मंगल, बैशाख २०, २०७९  --

      २०७९ बैशाख ३० गते हुने स्थानीय पालिकाले निर्वाचनलाई लक्षित गरेर बनेपा टेलिकम अगाडी नेपाली कांग्रेस बनेपा नगर समितिको चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ । बुधबार एक कार्यक्रम बीच नेपाली कांग्रेस बनेपा नगर समितिका सभापति महेश कुमार कर्माचार्यले रिवन काटेर उद्घाटन गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता बनेपा नगरपालिकाका प्रमुखका पदका उम्मेदवार शान्तिरत्न शाक्यले कांग्रेस पार्टीको नेता, कार्यकर्ता अग्रज व्यक्तित्व सबैको मेल, एकताको साथ साथै गोलबद्ध भइ लागेर चुनाव जीत्नु पर्छ अनि मात्र समग्र बनेपाको विकास सम्भव हुने कुरा बताउनुभयो ।

      बनेपाको समग्र विकास र समृद्धि गर्न हामी सबेको एकता आवश्यक रहेको बताउनुभयो । त्यस्तै गरी नगरसभापति महेश कर्माचार्यले चुनावी मैदानमा होमी सक्नु भएका मेरा अग्रज शान्ति रत्नदाईलाई हाम्रो नगर कांग्रेस टिमले मेरो अगुवाइमा दिलो ज्यान लगाएर विजयी गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।नेपाली कांगेस क्षेत्र नं २ क को सभापति रामहरी श्रेष्ठ,  नेपाली कांग्रेसका युवानेता शुरकृष्ण बैद्य, कांग्रेस कार्यकर्ता लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नगर सचिव योगराज दाहालले गर्नु भएको थियो ।

 

 

सारथी बहुउद्देश्यीय सहकारीको सेवा केन्द्र अव मण्डनदेउपुरमा

      काभ्रे, सारथी बहुउद्देश्यीय सहकारी संस्था लि. धुलिखेल ३, काभ्रेले आफ्नो सेवा विस्तार गर्नका लागि मण्डनेदेउपुर नगरपालिका स्थित वडा नं ७ मा सेवा केन्द्र उद्घाटन गरेको छ । विहिबार राष्ट्रिय सहकारी महासंघ लि. नेपालका सञ्चालक समिति सदस्य डि. बि बस्नेतको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको उद्घाटन भएको हो । मण्डनदेउपुर नगरपालिका रहेको समता बहुयद्देश्यीय सहकारी सस्था लि.सँगको एकिकरण गरी सेवा केन्द्र सञ्चालन गरेको हो । संस्थाका अध्यक्ष तथा जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सोहि स्थानमा भएका शेयर सदस्य, नगरपालिकाका सहकारी बिभागका संयोजक तथा वडा नं ७ का वडा नारायण लम्साल सहितको उपस्थित रहेको थियो भने स्थानीय रुपमा रहेका विभिन्न सहकारी संस्थाहरुको सहभागितामा भब्य रुपमा रहेको थियो । सारथी बहुउद्देश्यीय सहकारी संस्था लि. ले सेवा केन्द्र सँगै स्थानीयस्तरमा सारथी मार्टको रुपमा सुपथ मूल्य पसल समेत सञ्चालनमा ल्याएको छ ।

      शेयर सदस्य तथा स्थानीय समुदायमा सस्तो तथा शुलभ तरीकाले विभिन्न खाद्यान्न तथा दैनिक आवश्यकताका सामानहरु उपलब्ध गराउने उद्देश्यका साथ सुरु गरिएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथी डि.बि बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी डि.बि. बस्नेतले बहुउद्देश्यीय सहकारी संस्था भएकाले सदस्यहरुको आवश्यकताका आधारमा सेवा विस्ता गर्नुपर्ने र सहकारी संस्थाहरुको सिद्धान्त अनुसार नै संस्था चलनु र चलाउनु पर्नेमा जोड दिनुभएको थियो भने संस्थाका अध्यक्ष दिलिप शर्माले यस संस्थालाई स्तरीय रुपमा नीति विधि र प्रविधिमा आधारित बनाई नमूना संस्थाको रुपमा सञ्चालन गर्नका लागि आफुहरुसँग विभिन्न खालका योजनाहरु रहेको र उक्त कार्यहरु गर्नका लागि स्थानीयस्तरबाट शेयर सदस्यहरुको सहयोग र सल्लाह आवश्यक रहेको जानकारी गराउनु भएको हो । सारथी बहुउद्देश्य सहकारी संस्थाको यो सहित अन्य स्थानमा गरी ४ वटा सेवा विस्तारका सेवा केन्द्रहरु सञ्चालन हुदै आइरहेका छन् भने २०७२÷०७३ मा स्थापना भई सञ्चालनमा आएको यस संस्थाले हालसम्म २४ करोडको पूलपूजी निर्माण गरिसकेको छ भने शेयर लाभांशको रुपमा पनि १५ प्रतिशत वितरण गर्न सुरु गरिसकेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्