IMG-LOGO

वाम लोकतान्त्रिक गठवन्धनको संकल्प पत्र   

 मंगल, बैशाख २०, २०७९  --

 

      स्थानीय तहको निर्वाचनको लागि नमोबुद्ध नगर बाम लोकतान्त्रीक गठवन्धनको साझा संकल्प पत्र आइतबार सार्वजनिक भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) सहितका गठबन्धनमा रहेका दलहरुले समग्र नमोबुद्ध निर्माण अभियानलाई समेटेर संकल्प पत्र सार्वजनिक गरेका हुन । गठबन्धनले ५ बर्षको अवधीमा आफूले गर्ने विकासको खाका प्रस्तुत गर्दै नमोबुद्धमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नै जोड दिएको छ । प्राविकि शिक्षालय स्थापना र स्तरोन्नती, एक वडामा एक स्वास्थ्य संस्थासहित अनिवार्य एम्बुलेन्सको व्यवस्था गर्ने, नगर भित्र खानेपानी व्यवस्थापनका निम्ती २ वटा ठूला खानेपानी आयोजना संचालन गर्ने, एक वडा एक कृषि प्राविधिक व्यवस्था गर्ने, दाप्चा र मेथिनकोट कानपुर क्षेत्रमा कम्तीमा १÷१ वटा कोल्ड स्टोर स्थापना गर्ने, निर्माणाधिन अवस्थामा रहेको दाप्चा सडक कालोपत्रे कार्यलाई चाडो भन्दा चाँडो चौकीडाँडा वि.पि. राजमार्ग सम्म जोडिने कार्य पुरा गर्न पहल गर्ने, भकुण्डे चौकी डाँडा सडक, भकुण्डे काँक्रे खाक्सी सडक, भकुण्डे तल्लोहटिया पिपलटार सडक, भकुण्डे दारेगौडा हँुदैं गहते सडक, भकुण्डे ऐसेलुचौर हुँदै श्यामपाटी सडक, भकुण्डे फुलबारी सडक, भकुण्डेबाट चरुवा हँुदै भिडाबारी सडक, भकुण्डेबाट काफ्लेथोक, चुहाने जोड्ने सडक, कानपुर बोहोरे कमेरे सडक, पुरानागाउँ सिम्ले बसेरी सडक, चिन्डे विमिरे सडकहरुलाई तत्काल स्तरोन्नती तथा ग्रावेलको व्यवस्था गर्ने साझा संकल्प पत्रमा उल्लेख छ ।

      छिमेकी स्थानीय तह समेत जोड्ने कालोपत्रे सडक निर्माण गर्ने योजना बनाएको २ वटा रिङ रोड प्रस्ताव गरेको छ । बाहिरी रिङरोडको रुपमा गहते–पिपलटार–खाक्सी–चौकीडाँडा–लासकोट–डाँडागाउँ कोट तिमाल–कानपुर–बाहोरे–पाँचखाल–बेला–फुलबारी–नमोबुद्ध–विमिरे–सिम्ले हुँदै पुन गहते सम्म र भित्री रिङरोडको रुपमा नगरपालिका भित्रका साविक गा.वि.स.हरुका महत्वपूर्ण मठ, मन्दिर, गुम्बा, चर्च आदि प्राकृतिक सुन्दरतालाई समेट्ने गरी पर्यटकीय सडकको रुपमा भित्री रिङरोड निर्माण गर्नुका साथै नगर कार्यालयलाई सार्वजनिक यातायात मार्फत प्रत्येक वडा सम्म पहुँच विस्तार गर्ने साझा संकल्प प्रस्तावमा छ । नगरको सम्पूर्ण क्षेत्रलाई ल्याडलाईन टेलिफोन मार्पmत जोड्ने र नगरको मुख्य–मुख्य चोकहरुमा निःशुल्क वाई–फाई नेटको व्यवस्था गर्ने, वस्ती विकासको निम्ती एसियाली मापदण्ड अनुसार नगर भित्रका सम्पूर्ण संरचनामा सडक सञ्जाल, खानेपानी, टेलिफोन, वाईफाई, ढल व्यवस्थापन तथा सडकहरुमा सुन्दर वोट–विरुवाहरुको वृक्षरोपण गर्ने र ५ वर्ष भित्रमा नगरलाई स्मार्ट सिटी को रुपमा विकास गर्ने संकल्प पत्रमा छ ।

      कम्तीमा वटा ५ दुध दिने पशु पालेका किसानलाई गोठ सुधार गर्न कम्तीमा पचास हजार रुपैंया अनुदान प्रदान गर्ने, नगर भित्र संचालनमा रहेका चाड, पर्व, मेला तथा जात्राहरुको संचालन गर्नका निम्ती छुट्टै कोषको व्यवस्था गरी अनुदानको व्यवस्था गर्ने उल्लेख छ । संकल्पपत्र सार्वजनिक कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुर्यमान दोङ, नेपाली काँग्रेस काभ्रेका सभापति तिर्थ लामा, प्रतिनिधि सभाका संसद गंगाबहादुर दोङ, नेकपा (एकिकृति समाजवादी) का जिल्ला सचिव दिपक गौतम लगायत गठवन्धनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नमोबुद्ध नगर प्रमुख पदका उम्मेदवार कुन्साङ लामा र उपप्रमुखका उम्मेदवार रत्न लामाले भ्रष्टचाररहित नगर बनाउन आफ्नो विशेष भुमिका रहने बताएका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्