ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तहमा अध्ययनरत १९० जना विद्यार्थीहरु एक भब्य समारोहका बीच पञ्चकन्या बैन्क्वेटमा दिक्षित भएका छन् । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रतिष्ठानका सञ्चालक, अभिभावक, शिक्षक÷शिक्षिकाहरुको उपस्थिती रहेको थियो । प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राख्नुहुँदैे बालमैत्रि वातावरणमा बाल मनोपरार्मशदाताहरु सहितको उपस्थितीमा शिक्षण सिकाई क्रियाकलाप गर्दे शैक्षिक सत्र २०७९ मा पनि विद्यार्थीहरुको शिक्षाका साथ साथै नेतृत्व विकासका लागि पढाई संग सम्बन्धीत विभिन्न किसिमको थप कार्यक्रमहरुको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाई, बैज्ञानिक र बालमैत्री ढंगले अभिभावकहरुका बिच लोकप्रिय रहेको विद्यालय आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुदै सबैको मन जित्न सफल हुने बिश्वास व्यक्त गर्नु भयो । किन्डरगार्टेन तहमा अध्ययनरत विद्यार्थीहरुले दर्जनौ भन्दा बढि बिभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
