IMG-LOGO

काठमाडौं विश्वविद्यालयमा सेञ्चुरी बैंकको प्रदर्शनी

 मंगल, बैशाख २०, २०७९  --

 

      धुलिखेल÷ १५ बैशाख, सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाले काठमाडौ विश्वविद्यालयमा बैंकिङ सेवा सुविधाको जानकारी गराउने उद्येश्यले बैकिङ प्रदर्शनी गरेको थियो  ।  काठमाडौ विश्वविद्यालय सिभिल ईञ्जिनियरिङ विभागको सहकार्यमा  काठमाडौ विश्वविद्यालय आर्किटेक्चर क्लवले आयोजना गरेको विशेष कार्यक्रम“प्रारम्भ”मा धुलिखेल शाखाले बैंकको ब्यवसाय प्रवद्र्धनको लागि बैैंकले प्रदान गर्ने सम्पूर्ण सेवा तथा सुविधा सम्बन्धि प्रदर्शनी गरेको हो । प्रदर्शनीमा वित्तीय साक्षरता सहित विश्वविद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी बचत खाता खोल्ने सुविधा समेत दिईएको थियो । प्रदर्शनीमा विद्यार्थीहरुले डिजाईन गरेका भवन तथा संरचनाका नमूनाहरु प्रदर्शनी गरेका थिए । काठमाडौ विश्वविद्यालयको सम्बन्धन प्राप्त आर्किटेक्चर विषयमा अध्ययन गराउने नेपाल भरिका क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको उतm कार्यक्रममा करिब २००० जनाले प्रदर्शनीको अवलोकन गरेका थिए । बैंकले प्रदर्शनीमा हालै मात्र संचालनमा ल्याएको शताब्दी बचत खाता तथा बैशाख २१ गते देखि २५ गते सम्मविक्रीगर्न लागेको १०.५ प्रतिशत ब्याज प्रदान गर्ने सेञ्चुरी डिबेञ्चर २०८८ को समेत विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरुलाई जानकारी गराएको थियो ।

सेञ्चुरी बैङकले काभ्रे जिल्लामा ७ वटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दे आएको छ । बैंकले शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

 

बैकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको कुल शाखा १३३ पुगेको छ भने  १० वटा एक्सटेन्सन काउन्टर  २४ वटा शाखा रहित बंैकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

 

 

भूल सुधार

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्