IMG-LOGO

हृदयरोग निवारण प्रतिष्ठान  काभ्रेको २७ औँ साधारण सभा

 मंगल, चैत २९, २०७८  ---

     नेपाल हृदयरोग प्रतिष्ठान काभ्रे शाखाको २७ औँ वार्षिक साधारणसभा शुक्रबार योग भवन बनेपामा सम्पन्न भयो । केन्द्रीय अध्यक्ष बलराम न्यौपानेले उद्घाटनको क्रममा बोल्दै शरिरको महत्वपूर्ण अंग मुटुको बचाउ गर्न स्वास्थ्य बर्धक खाना खानु उपयुक्त हुने बताउनुभयो । चिल्लो पदार्थ, धेरै भएको खानेकुरा, जंग फुड जस्ता खाद्यपदार्थ नखान सुझाब दिनुभयो । शाखा उपाध्यक्ष टिकाभक्त भोछिभोयाले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा सचिव सिद्धिबहादुर कर्माचार्यले भावि कार्य योजना र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।  कोषाध्यक्ष रामप्यारी श्रेष्ठले आ.व. ०७७÷०७८ को आय व्याय विवरण लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

     कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शुरकृष्ण बैद्य, डा. उत्तमकृष्ण कर्माचार्य, शाखा पूर्वअध्यक्ष हरिभक्त भोछिभोया बनेपा नगरपालिका स्वास्थ्य शाखाका डा. विनोद मण्डल नेपाल पत्रकार महासंघ कभ्रेका पूर्व उपाध्यक्ष रमेशप्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा समाजको विभिन्न विधामा सहयोग पु¥याउने योगदान गर्ने व्यक्तित्वहरु डा भुषण श्रेष्ठ, संस्कृत विद ज्ञानकाजी मानन्धरलाई २५÷२५ र स्वास्थ्यकर्मी सानुमाया अधिकारीलाई १० हजार नगद, दोसल्ला कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमको सभापतित्व शाखा अध्यक्ष अशोक श्रेष्ठले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्