IMG-LOGO

परिवार नियोजन संघ काभ्रेको ३९ औ साधारण सभा

 मंगल, चैत २९, २०७८  ---

     नेपाल परिवार नियोजन संघ काभ्रेको २९ र्औँ वार्षिक साधारण सभा केन्द्रीय सदस्य इन्द्रलक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । शाखा सभापति शुभराज जोशीले स्वागत मन्तव्य दिदैँ परिवार नियोजन संघ काभ्रे शाखाले ग्रामीण भेग र शहर भेग दुबैको लागि स्वास्थ्य सेवा  पु¥याउँदै आएको बताउनुभयो  । शाखा सचिव बद्रीबहादुर खत्रीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रकाश कायष्ठले  आ.व. ०७७÷०७८ को आयव्याय विवरण प्रस्तुत गर्नुभयो । उक्त सभामा ७२ लाख ६३ हजार २ सय ७३ आयव्याय विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा शाखाका पूर्व सभापति देवेन्द्र भैल, पतञ्जली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, काभ्रे बहुमुखि क्याम्पसका सञ्चालक अध्यक्ष लम्वोदर कायस्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष रमेश प्रसाद न्यौपाने , सञ्चारकर्मीद्वय प्रदिप केसी र लक्ष्मण तिमल्सिनाले मन्तव्य राख्नु भएको थियो ।

     सन् २०२१ मा नेपाल परिवार जियोजन संघ काभ्रे शाखाले २२ हजार ९ सय ५६ लाई प्रजनन स्वास्थ्य सेवा, १९ हजार ४ सय २३ सामान्य स्वास्थ्य परिक्षण,  २ सय ९ जनाको सुरक्षित गर्भपतन, ११ हजार ४ सय ८१ एच.आई.भी. एड्स सर्भिस, बर्थीङ सेन्टरबाट ८३ जनालाई डेलिभरी सर्मिस मिनिल्याप सेवा १ सय २६ गरी २ हजार ८ सयलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गरेको कुरा शाखा प्रवन्धक रमेश श्रेष्ठले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि इन्द्रलक्ष्मी श्रेष्ठले युवा तथा किसोर किसोरीको लागि सकारात्मक भावनाको विकास, यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको र आगामी दिनमा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न टिमवर्कीङको माध्यमबाट अघि बढ्नु पर्ने धारण राख्नुभयो । कार्यक्रमको सञ्चालन युनिता कायस्थले गर्नुभएको थियो । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्