IMG-LOGO

बनेपा हिकारी किण्डर गार्टेनको १८ औँ दिक्षान्त

 मंगल, चैत २९, २०७८  ---

 

     बनेपा, कभ्रे जिल्ला मै पहिलो पटक इसीइसी र जापनीज मेथडबाट सिकाई गर्दै आएको बनेपा हिकारी किण्डर गार्टेनको  १८ औँ दिक्षान्त समारोह शानिबार नमोवुद्ध बैन्क्वैटमा सम्पन्न भयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिकुमार तुम्रुक (सुब्बा) को सभापतित्वमा सम्पन्न कार्यक्रममा २८ जना बालबालिका दिक्षीत हुनुभएको थियो । अभिभावकको तर्फबाट डा. श्रीकृष्ण श्रेष्ठ, विना राउत लगायतले शैक्षिक स्तरीयता र बालबालिकाको केयर गर्ने सन्दर्भमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । प्रिन्सिपल उर्मिला केसी सिंहले स्वागतमन्तव्य दिनु भएको थियो । उक्त किण्डर गार्टेनमा हाल १ सय २० बालबालिकाहरु अध्ययनरत छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्