IMG-LOGO

मन्डनदेउपुर नगरपालिका बिरुद्ध काँग्रेसको विरोध र्याली

 मंगल, असोज २०, २०७७  --


    कुन्ताबेशी, मण्डनदेउपुर नगरपालिका विरुद्ध नेपाली काँग्रेस नगर समिति मण्डनदेउपुर नगर समितिले विरोध ¥याली तथा धर्ना कार्यक्रम ग¥यो । आफ्ना मााग पुरा नभएको भन्दै नगर समितिले बुधबार नगरपालिका कार्यालयमा एक घण्टा धर्ना दिएको हो । नगर सभापति रामहरि सापकोटाले गत असार ९ गते ३६ बुँदे माग सहितको ज्ञापनपत्र र गत भदौ २६ पुनः ध्यानाकर्षण पत्र बुझाएको भएपनि नगरले नसुनेपछि बाध्य भएर आन्दोलित हुनुपरेको बताउनु भयो । नगरले विकास निर्माणमा ढिलासुस्ती, अनियमितता, दलगत विभेद गरेको काँग्रेसको आरोप छ । काँग्रेसबाट निर्वाचत वडाध्यक्षहरूलाई माइन्युट पढ्न र हस्ताक्षर गर्न नदिएको सापकोटाले आरोप लगाउनु भयो । काँग्रेस कार्यकर्ताले कुन्ता बजार देखि प्लेकर्ड सहित नगरपालिकाको गेटमा एक घण्टा शान्तिपूर्ण धर्ना दिएका थिए ।
    कांग्रेसले जनताबाट उठेको करबाट सवारी साधन खरीद चरम दुरुपयोग गरेको, किसानहरूलाई मलको अभाव हुँदा समेत नगरपालिकाले बेवास्था गरेको, दलगत आधारमा शिक्षकलाई र सरुवा गरेको, कृषि अनुदानमा पार्टीका कार्यकर्तालाई मात्र वितरण गरेको, उपभोक्ता समितिमा आफ्ना मान्छे राखेर भ्रष्टचार गरेको लगायतका आरोप लगाएको छ । नेपाली काँग्रेसका उपसभापति अच्यूत पौडेल, नेपाली काँग्रेस काभ्रेका क्षेत्रिय सचिव आनन्द सापकोटा, नेविसंघका पूर्व सहमहामन्त्रि माधव ढकाल लगायतको सहभागीता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्