IMG-LOGO

सम्बन्ध तथा व्यवहार सुधार तालिम

 मंगल, चैत २९, २०७८  ---

     प्रारम्भीक सहकारी संस्थाहरुको दिगो विकास गर्न सवल र सक्षम नेतृत्व विकास सहित कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ जिल्ला बचत संघ काभ्रेले शुक्रबारबाट सरोकारवालसँग सम्बन्ध र व्यवहार सम्बन्धी दुई दिने तालिमको शुभारम्भ भयो । जिल्ला संघ उपाध्यक्ष सागर नाथ कपालिले तालिमको उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उपाधयक्ष कपालीले सहकारी संस्थाहरुको स्थायीत्वको लागि संस्थाहरुलाई नीति, विधि, प्रविधिको उच्चतम प्रयोग गर्न जिल्ला बचत संघले सघाएको र विभिन्न समयसापेक्ष तालिमहरु प्रदान गर्नाले सहकारी संस्थाहरुको सञ्चालक र कर्मचारीहरुको क्षमता तिखारिने बताउनुभयो । जिल्ला सहकारी संघ काभ्रेको अभिलेखिकरण अनुसार जिल्लामा सबै प्रकृतिका सहकारी १ हजार ४ सय ९५ बचत तथा ऋण सहकारी ७ सय ४५ र बनेपा नगरपालिकामा मात्र २ सय १६ वटा सहकारी संस्थाहरु सञ्चालनमा रहेको उल्लेख छ ।

 

     बागमती प्रदेशमा करिव २० हजार सहकारी संस्थाहरु सञ्चालनमा छन् । जिल्ला बचत संघका सूचना तथा प्रकाशन समितिका संयोजक रमेश प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्दै सहकारी अभियान र आन्दोलनमा सफल बनाउन प्रारम्भीक सहकारी संस्थाहरुको स्थायित्व सहतिको विकासको लागि जिल्ला बचत संघले सहजीकरण गरेको र सहकारी संस्थामा देखिएका चुनौतीलाई अवसरमा बदल्न सहकारी सुदृढीकरण अभियान थाल्ने बताउनुभयो । जिल्ला बचत संघ काभ्रेको उपाध्यक्ष एवंं तालिम संयोजक निर्मला श्रेष्ठले सहकारीहरुलाई सुशासन र पारदर्शी बनाउन सबै सहकारी अभियानकर्मी एकतावद्ध भएर लाग्नु पर्ने बताउनुभयो । ४३ जना सहभागी रहेको उक्त तालिममा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त मानव अधिकारकर्मी राजु सरकारले प्रशिक्षण दिनु भएको कार्यक्रम  जिल्ला बचत संघका प्रवन्धक गुरुप्रसाद ढकाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन उपप्रवन्धक रवि केसीले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्