IMG-LOGO

शब्दयात्राद्वारा सर्जकहरुलाई सम्मान

 मंगल, चैत २९, २०७८  ---

    शव्दयात्रा प्रकाशनले सर्जकहरुलाई सम्मान समर्पण तथा पुस्तक सार्वजनिकिकरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । प्रसिद्ध विद्वान डा. शास्त्रदत्त पन्तको प्रमुख आतिथ्यता एवं प्रकाशनका आजिवन सदस्य भरत जंगमको सभापतित्वमा सम्पन्न कार्यक्रममा देविप्रसाद सापकोटा आमसञ्चार सम्मानद्वारा रामकृष्ण कर्माचार्य, बसन्त शर्मा कविता काव्य सम्मानद्वारा कवी मञ्जुल, पद्यकला भीमप्रसाद समालोचन सम्मानद्वारा डा.तुलसीप्रसाद भट्टराई, जयदेव अधिकारी अनुसन्धान सम्मानद्वारा डा. गोविन्द टन्डन, मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मानद्वारा चन्द्रकला शाह, विष्णुमाया टिकाप्रसाद  बालसाहित्य सम्मानद्वारा मुक्तिनाथ शर्मा न्यौपाने, कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मानद्वारा मुकुन्दप्रसाद शर्मा, रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मानद्वारा पदमसागर कक्षपती लगायतलाई सम्मान गरिएको थियो ।

     शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले कार्यक्रम औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने प्रमुख अतिथि पन्तले साधकहरुलाई सम्मान गर्नुभएको थियो । सोही अवसरमा संखुवासभा प्रतिभा पुरस्कारका लागि लीला श्रेष्ठका तर्फबाट प्राध्यापक केदारनाथ श्रेष्ठले शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीलाई रु १ लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो भने माधवप्रसाद चापागाईद्वारा लिखित निबन्ध संग्रह ‘नजोडिएको सम्बन्ध’, केदारनाथ तिमल्सिनाद्वारा लिखित आस्था विरौला संग्रह ‘थैलीबाट झिकेर’  सार्वजनिक गरिएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्