नेपाली कांग्रेसका चन्द्र सहित ४ जनाको दावी
नेपाली कांग्रेसका युवा नेता चन्द्र प्रसाद ढकालले मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा उम्मेदवारी घोषणा गर्नु भएको छ । चन्द्र ढकाल सहित मण्डन देउपुरमा नै नगरप्रमुखमा कांग्रेसकै ४ जनाको दावी रहेको छ । २०५२ सालमा नेविसंघ तपेश्वर इकाई समितिको सभापतिबाट राजनीति शुरु गर्नुभएका ढकाल २०६२÷०६३ को जनआन्दोलनमा सक्रिय रहेर आन्दोलन सफल पार्न लाग्नु भएको थियो । २०६४ मा नेपाली कांग्रेस काभ्रेको जिल्ला सदस्य र २०७८ मा महाधिवेशन प्रतिनिधि भई पार्टीमा जिम्मेवारी सम्हाल्नु भएको थियो ।
त्यस्तै गरी नेपाली कांग्रेस काभ्रेको उपसभापति ठाकुर न्यौपाने, पूर्व उपसभापति अच्यूद पौडेल, नेपाली कांग्रेस काभ्रेका वर्तमान सचिव माधव ढकाल र नेपाली कांग्रेस मण्डन देउपुर सभापति काश्यप प्रसाद पौडेल समेतले मण्डन देउपुर नगरपालिकाको नगरप्रमुखको दावी गर्नु भएको छ । नेपाली कांग्रेस काभ्रेका उपसभापति रहेका ठाकुर न्यौपाने २०४९ सालको स्थानीय निर्वाचनमा जैशीथोक गाविसको अधयक्ष समेत भई कार्य गर्नुभएको व्यक्तित्व हुनुहुन्छ ।
