IMG-LOGO

जिल्ला बचत संघले सहकारी दिवस मनायो

 मंगल, चैत २२, २०७८  --

      काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बनेपाले ६५ औँ राष्ट्रिय सहकारी दिवस चियापान गरेर आइतबार उग्रचण्डी बैन्क्वेटमा सम्पन्न गरेको छ । बचत संघका अध्यक्ष जीतेन्द्र नकर्मी र प्रमुख सल्लाहकार रामहरी केसीले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख सल्लाहकार केसीले सहकारी संस्थाहरुको दिगो विकास र सदस्यहरुको आर्थिक समृद्धि भए मात्र सहकारी संस्था सञ्चालनको औचित्य हुने धारणा राख्नुभयो ।

      जिल्ला संघका अध्यक्ष जीतेन्द्र नकर्मीले सहकारी संस्थाहरुको व्यवसायिकता र सक्षमताको विकासले सम्भव हुने बताउनुभयो । संघका सचिव शुरेन्द्र पौडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा सहकारी अभियान कर्मीहरुको सहभागीता रहेको कुरा प्रवन्धक गुरुप्रसाद ढकालले बताउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्