IMG-LOGO

बिनायक बाल आधारभूतको २३ औँ वार्षिक उत्सव

 मंगल, चैत २२, २०७८  योगदान गर्नेहरुलाई सम्मान

      धुलिखेल नगरपालिका वडा नं. ८ स्थित विनायक आधारभूत बिद्यालय वडाल गाउँको २३ औँ वार्षिक उत्वस तथा अभिभावक दिवसको बुधाबार धुलिखेल नगरपालिका उपप्रमुख विमला कुमारी चौलागाई शर्माले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले नगरपालिकाले शैक्षिक क्षेत्रको गुण्स्तर विकासमा सहयोग पु¥याएको बताउन भयो ।

      प्रमुख अतिथि शर्माले शिक्षण शिकाई प्रभावकारी बनाउन देखि विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक स्तर वृद्धि जस्ता कार्यक्रममा सहयोग उपलब्ध गराएको बताउनुभयो । धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमखु माधव शर्माले धुलिखेल नगरपालिका विद्यालय स्तरको शिक्षामा परिणात्मक रुपमै सुधार ल्याउन शिक्षकहरुलाई पुन  ताजकी तालिम देखि लिएर शिक्षक दरबन्दी मिलान गरी शैक्षिक विकासमा सुधार ल्याएको बताउनुभयो । शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष रमेश प्रसाद न्यौपाने विद्यालयको शैक्षिक स्तर उन्नती गर्न अभिभावक वर्ग र शिक्षक वर्गले विद्यालयको ध्यान केन्द्रीत गरी थप प्रभावकारी बनाउन लाग्नु पर्ने बताउनुभयो । सरस्वती माविका शिक्षक उद्धव प्रसाद वडाल, स्थानीय विनोद गौतम, शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोष गौतम लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । सहायक प्रधानाध्यापक नानीराम धितालले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा धुलिखेल वडा नं ८ का कार्यवहाक वडा अध्यक्ष गिता तामाङ, विशिष्ट अतिथि हुनु हुन्थ्यो ।

      वडा सदस्य विमला मिजार र चेतवहादुर खत्री, विद्यालयका पूर्व प्रअ देवी प्रसाद चौलागाई अतिथि हुनुहुन्थ्यो । विद्यालयका प्रधानाध्यापक नमराज तिमल्सिनाले विद्यालयको शैक्षिक प्रगति र भावि कार्य योजना प्रस्तुत गर्नुभयो । लेखापाल दामोदर वडालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । व्यवस्थापन समितिका पूर्व सञ्चालकहरु रिमा लुइटेल, गंगा वडाल, विक्रम खड्कालाई सम्मान गरेको थियो । रसिला स्मृति छात्रवृत्ति कोषमा ५० हजार राख्ने शिक्षक नानीराम धिताल, छात्रवृति कोषमा सहयोग पु¥याउने मिलन गौतम र पूर्व प्रअ देवीप्रसाद चौलागाईलाई सम्मान गरेको थियो । उत्कृष्ट शिक्षक सम्मान केशव वडाल, शिक्षक संगीता चौलागाईलाई  र शिक्षक दामोदर वडाललाई सम्मान गरिएको थियो । विद्यालयमा उत्कृष्ठ अंक ल्याउने छात्र सविन लुइटेल ८५ प्रतिशत र छात्रा कौशिला नेपाली ८१ प्रतिशत अंक ल्याउनेलाई शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष रमेश प्रसाद नयौपानेले ५÷५ सय रकमले पुरस्कृत गर्नुभयो । कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष चोलावहादुर गौतमले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक श्याम ढलकोटीले गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्