पतंजली योग समिति काभ्रे, महिला पतंजली योग समिति काभ्रे, युवा नेपाल काभ्रेको १८ औँ बार्षिकोत्सव समारोह जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी श्री हुम कला पाण्डे ज्यू बाट पानसमा द्धिप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । सोही कार्यक्रममा उक्त समितिमा बसी योगदान पु¥याउनुभएका पंतजली योग समिति काभ्रेका पूर्व अध्यक्ष दमन कुमार श्रेष्ठ, पूर्व कोषाध्यक्ष अमृतलाल पलाञ्चोके र पूर्व महामन्त्री रेणुका प्रधानलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । साथै पंतजली योग समिति धुलिखेल नगर समितिका संयोजक राजू श्रेष्ठ र श्रीखण्डपूर योग साधना केन्द्रका संयोजक हरी श्रेष्ठको असामयिक निधन भएकोमा एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । उक्त कार्यक्रममा वार्षिक प्रतिवेदन र भावी कार्य योजनाको विषयमा पंतजली काभ्रेका महामन्त्री मोहन कृष्ण श्रेष्ठले पेश गर्नुभएको थियो । सो समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले काभ्रे जिल्लामा योग अभ्यासको स्थिति देखेर आफू निकै प्रभावित भएको र योग जागरणले आफू मात्र स्वस्थ नभई समाजलाई नै अग्रगामी तर्फ दोह्रयाउने बताउनुभयो । सोही समारोहमा काभ्रे जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अम्मर द्धिप सुनुवारले नेपाल अधिराज्यभर काभ्रे जिल्लालाई योगको जिल्ला भनेर पनि चिन्न थालिएको र यसको लागि यस संस्थाका पदाधिकारीहरु धन्यवादका पात्र हुन भनि बताउनुभयो ।
पंतजली योग समिति बाग्मती प्रदेशका प्रमुख ग्रुविन तौजलेले १८ वर्ष अगाडी ७ जना बाट शुरु गरिएको योग साधना अहिले हजरौँको संख्याले दैनिक योग अध्यास गर्ने गरिएको र आगामा दिनमा यस कार्यलाई सामाजिक क्षेत्रमा पनि योगदान प¥ुयाउने हिसावले काभ्रे जिल्लाको प्रत्येक स्थानहरुमा योगको जागरण फैलाउने लक्ष्य रहेको बताउनुभयो । सो कार्यक्रममा पंतजली योग समितिका आजीवन सदस्य उद्धव तिमल्सिना, बाग्मती प्रदेशका सदस्य दमन कुमार श्रेष्ठ, सल्लाहकार सरिता शाक्य, महिला पूर्व अध्यक्ष अञ्जना श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको कार्यक्रमको सभापतित्व पंतजली योग समिति काभ्रेका अध्यक्ष हरीशरण श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको उद्घोषण महामन्त्री मोहन कृष्ण श्रेष्ठ र महिला महामन्त्री कमला राजभण्डारीले गर्नुभएको थियो । साथै सो अवसरमा योग भवनको लागि बनेपा निवासी अमेरीका बस्ने रघुनाथ तौजलेको तर्फबाट ग्रुविन तौजलेले योग भवन निमार्ण समितिका कोषाध्यक्ष हरीशरण श्रेष्ठलाई रु १,००,०००।–(अक्षरुपी एक लाख मात्र) हस्तान्तरण गरिएको थियो ।
