IMG-LOGO

काभ्रेमा ३ लाख ३ हजारले मतदान गर्न पाउने

 मंगल, चैत २२, २०७८  --

      काभ्रेपलाञ्चोक जिल्लाका ३ लाख ३ हजार ५ सय ६० मतदाताले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार १ लाख ५४  हजार १ सय ८३ पुरुष, १ लाख ४९हजार ३ सय ७५ महिला मतदाता संख्याले मतदान गर्न पाउने छन्  र अन्य दुई जनाले मतदान गर्न सक्ने छन् । काभ्रेमा १ सय ८९ मतदान स्थल, ३ सय ८१ मतदान केन्द्र कायम भएको निर्वाचन कार्यालय धुलिखेलले जनाएको छ ।

      सबै भन्दा बढि पनौती नगरपालिकामा ३८ हजार १ सय ४५  मतदाता छन् भने सवैभन्दा कम मतदाता खानीखोला गाउँपालिकामा १० हजार ३ सय ९ मतदाता रहेका छन् । त्यस्तै गरी बनेपामा ३७ हजार ५ सय ८१, पाँचखाल नगरपालिकामा २९ हजार ६ सय ९७, धुलिखेल नगरपालिकामा २५ हजार ५ सय ८ मतदाता छन् । नमोबुद्ध नगरपालिकामा २५ हजार ९ सय ५२ मतदाता रहेका छन् । रोशी गाउँपालिकामा २२ हजार ५ सय ४३, चौरीदेउराली गाउँपालिकामा २० हजार १ सय ९१ , तेमाल गाउँपालिकामा २१ हजार १ सय ८  मतदाता रहेका छन् । त्यसैगरी बेथानचोक गाउँपालिकामा १४ हजार ५ सय ५१, भुम्लु गाउँपालिकामा १७ हजार २४  र महाभारत गाउँपालिकामा १२ हजार ४  सय २० मतदाता रहेका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्