काभ्रे, पनौती÷सेञ्चुरी कमर्सियल बैंकको ११ औं स्थापना दिवसको अवसरमा पनौती शाखाले वित्तीय साक्षरता कार्यक्रम संचालन सम्पन्न गरेको सामासजिक उत्तरदायित्व अन्र्तगत प्राणनाथ माईती बृद्ध आश्रम लाई ज्यत ध्बतभच म्ष्कउभलकभ २ थान र ख्बअगगm ऋभिबलभच १ थान बितरण गरेको कुरा सेञ्चुरी बमरसियल बैँक पनौती शाखा प्रवन्धक नविन माकजुले जानकारी दिनुभयो ।
वित्तीय साक्षरता कार्यक्रम संचालन ब्यस्थापन संकायको १०+२ तहमा अध्ययनरत विद्यार्थीहरुलाई बैंक खाता संचालन र वित्तीय ब्यवस्थापन सम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा उक्त बिद्यालयका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरु ९० जनाको उपस्थिती रहेको थियो । काभ्रे इङ्गलिस सेकेण्डरी स्कुल पनौतीका उप–प्रधानअध्यापक शन्त कुमार श्रेष्ठले वित्तीय साक्षरता कार्यक्रमले ब्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुका लागि राम्रो सिकाई उपलब्धि भएको चर्चा गर्नुभयो ।
साथै सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले प्राणनाथ माईती बृद्ध आश्रम लाई ज्यत ध्बतभच म्ष्कउभलकभ २ थान र ख्बअगगm ऋभिबलभच १ थान बितरण गरेको थियो । उक्त सामाग्री पनौती शाखाका शाखा प्रमुख नबिन माकजुले आश्रमका अध्यक्ष रघुनाथ तिमिल्सीनालाई हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा सेन्चुरी बैंक धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल, बनेपा शाखाका प्रमुख अनिश थापा र नाला शाखाका प्रमुख बिदुर प्रसाद बजगाई समेतको सहभागिता रहेको थियो ।
सेञ्चुरी बैंकले काभ्रे जिल्लामा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, दोलालघाट र नाल्दुम नगरकोट लगायत ७ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दे आएको छ । बैंकले शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्दै आएको छ । बैङकको कुल शाखा १२९ पुगेको छ भने १० वटा एक्सटेन्सन काउन्टर र २६ वटा शाखा रहित बंैकिङ र ११३ वटा एटिएम मार्फत सेवा ग्राहीलाई वित्तीय सेवा प्रदान गर्दै आएको बैँकले जनाएको छ ।
