महाशिवरात्रीको पावन अवसरमा हाम्रो धर्म, संस्कृतिको संरक्षण, संवर्धन गर्नु पर्छ भन्दै धुलिखेल पुख्यौली घर भई काठमाण्डौ उपत्यका प्रवेश गरी विभिन्न व्यवसायमा संलगन रहेका धुलिखेल बासी नेवारहरुको संस्था, धुलिखेल समाज काठमाण्डौका अध्यक्ष देव मन्दिल खोंजु श्रेष्ठको नेतृत्वमा, कार्य समितिका साथीहरु महिला समिति, युवासमिति, शुभचिन्तकहरु लगायत विभिन्न उद्योग व्यवसाय, व्यापारमा संलग्न धुलिखेल बासीहरु सँग संकलन भएको आर्थिक सहयोगबाटे महाशिवरात्री पर्व मनाउन श्री पशुपति नाथको दर्शन गर्न गएका भक्तजनहरुलाई आफ्नो स्थापना काल देखि गर्दै आएको सेवालाई निरन्तर दिदै गत फागुन १७ गते धुलिखेलको स्वस्थ्य खानेपानीमा बनेको सर्वत, चियाँ (कालो, सेतो) भक्तजनहरुको इच्छा अनुसार हजारौँको माझ विहान ४ बजे देखी बेलुका ६ बजे सम्म निरन्तर वितरण गरिएको थियो । ठूलो भिड, गर्मी समय भोका भएकोले ब्रतालु् भक्तजनहरुको स्वास्थ्यलाई ध्यान दिदै भई परि आउने विभिन्न समम्याहरुको हल गर्न प्राथमिक उपचारका लागि धुलिखेल अस्पतालका ५ जना डाक्टरहरुको स्वास्थ्य टोली परिचालन गरी निःशुल्क औषधी सहित स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो ।
