IMG-LOGO

नाइटिङ्गेल एकेडेमीको दिक्षान्त कार्यक्रम

 मंगल, चैत १, २०७८  ---

 

      नाइटिङ्गेल एकेडेमी बनेपा जनगालले किण्डर गार्टेनको ७ औँ दिक्षान्त समारोह तथा एसर्ईई २०७७ को विदाई उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कृत कार्यक्रम शनिबार बनेपा पार्टी भेन्यूमा सम्पन्न भयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रत्नकुश रंञ्जीतको सभापतित्व तथा काली जंग गण धुलिखेलका गणपती मिलन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

      किण्डर डार्टेनका १ सय ८ विद्यार्थी दिक्षीत भएको उक्त पतञ्जली बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजले, कार्यक्रममा काभ्रे प्याब्सनका अध्यक्ष श्याम भ्ुजेल, शिक्षा सदन मावि बनेपाका प्रधानध्यापक पुकार कारञ्जीत, नाइटिङ्गेल एकेडेमीका प्रथम पहिला शिन्जा रंजित, नाइटिङ्गेल एकेडेमीका सहायक प्रधानाध्यापक उमा बस्नेत, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष रमेश प्रसाद न्यौपाले लगायतको आतिथ्यता रहेको थियो  । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जीतले विद्यार्थीहरुको शैक्षिक गुणस्तरीयता बृद्धिमा नाइटिङ्गेल एकेडेमी दत्त चित्त भएर लागि पर्ने बताउनुभयो  ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्