IMG-LOGO

लालिमा साकोसको रक्तदान

 मंगल, फागुन २४, २०७८  ---

 

     लालिमा बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले ७ औँ राष्ट्रिय  रक्तदाता दिवसको अवसरमा शुुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान)को आव्हानमा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा रक्तसञ्चार सेवाको सहयोगमा सञ्चालन भएको संस्थाका प्रतिनिधि निरञ्जन कारञ्जीतले बताउनुभयो । संस्थाका शेयर सदस्यहरु र व्यवसायीहरुबाट २७ जनाले  रक्तदान गरेको जनाएको छ । संस्थाका अध्यक्ष डा. के.बि मानन्धरले रक्तदान गरेका व्यक्तिहरुलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो । लायन्स क्लब अफ बनेपा सिटी, बनेपा सिटी लियो क्लब बनेपा र ब्लड डोनर्स एशोसियसन काभ्रे शाखाको समेत सहयोग रहेको संस्थाले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्