IMG-LOGO

सहकारीमा महिलाहरुको भूमिका गोष्ठी

 मंगल, फागुन २४, २०७८  ---

 

     महिलाहरुको क्षमता अभिबृद्धि, सिप विकास सहकारी क्षेत्रमा महिलाहरुको भूमिकाको महत्वलाई प्रष्टाउँदै काभ्रेपलाञ्चोक जिल्ला बचत संघले आवद्ध रहेका प्रारम्भीक संस्थाहरुका महिलाहरुलाई एक दिवसीय गोष्ठी आयोजना गरी सम्पन्न गरेको छ । बचत संघका प्रमुख सल्लाहकार रामहरी केसीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य महिला विकास उप–समितिका सदस्य महेश्वरी थापाले स्वागत मन्तव्य दिनु भएको थियो । जिल्ला बचत संघको उपाध्यक्ष एवं शिक्षा तथा तालिम उप–समिति संयोजक निर्मला श्रेष्ठले कार्यक्रमको औचित्य बारे प्रष्ट पार्नु भएको थियो । संघको सञ्चालक एवं महिला विकास उप–समितिका संयोजक सत्यवती भट्टराईले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन प्रवन्धक गुरुप्रसाद ढकालले गर्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्