भूमिमाता मा.वि.को ३२ औंभूमिमाता मा. वि. बेथानचोक –४ तिप्चोक ,काभ्रेपलान्चोक को ३२औ बार्शिकोत्सव तथा अभिभावक दिवस विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङ को सभापतित्वमा र बेथानचोक गाउँ पालिका का अध्यक्ष प्रेम बहादुर तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । विद्यालयका प्रधानाध्यापक शम्भुलाल श्रेष्ठ ले विद्यालय को समग्र प्रतिबेदन र आगामी बर्षको कार्ययोजना प्रस्तुत गर्नु भएको थियो भने सहयक प्र.अ. रामेश्वोर प्रधानले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो । कर्यक्रममा बिशिस्ट अतिथी मल्पी अन्तरास्ट्रिय विद्यालय का कर्यकारी अध्यक्ष ज्योतिमान शेरचनले विद्यालय को कर्यक्रम र प्रगतिको बारेमा प्रसम्सा गर्दै भूमिमाता लाई मल्पी स्कुलले निरन्तर सहयोग गर्ने वचन बद्धता ब्यक्त गर्नु भयो । कर्यक्रममा बेथानचोक गाउँ पालिकाका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले भूमिमाता मा.वि.ले शिक्षा विकासमा पुर्याएको योगदानले खुशी व्यक्त गर्दै गाउँपालिकाको तर्फबाट विद्यालयलाई सहयोग गर्दै जाने कुरा व्यक्त गर्नु भयो ।
त्यस्तै कार्यक्रममा वडा न. ४ का वडा अध्यक्ष लाल बहादुर श्रेष्ठ ,वडा सदस्य यबम बि .ब्य. स. सदस्य कर्ण तामाङ ,शिक्षक अभिभावक संघका अध्यक्ष हिराकाजी लामा , सल्लाहकार प्रेम बहादुर तामाङ , एडिआर एफ नेपालका प्रतिनिधि प्रकाश तामाङ ,मल्पी स्कुलका प्रतिनिधि अर्जुन कार्की ,विध्यार्थी ङमाया तामाङ लगायतका ब्यक्तिहरुले आ– आफ्ना मन्तब्य ब्यक्त गर्नु भएको कार्यक्रममा लेखापाल रिसाङ तामाङ ले विद्यालय को २०७७÷७८को सामाजिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।उक्त कार्यक्रममा विध्यार्थीहरुबाट विभिना सास्कृतिक कार्यक्रम प्रदर्शन गर्नुभएको थियो भने विद्यालयमा भिन्न शैक्षिक प्रदर्शनहरु गरिएको थियो । कार्यक्रमको सञ्चालन नारायण थापाले गर्नुभएको थियो ।
