IMG-LOGO

मगर गाँउमा आमाको नाममा मन्दिर निर्माण

 मंगल, फागुन २४, २०७८  ---

     बनेपा÷ बनेपा नगरपालिका वडा नं १४ मगर गाँउ सरस्वतीटारमा आमाको नामबाट आफ्नो लगानीमा गणेश र सरस्वतीको मन्दिरको उद्धाटन जेष्ठ सदस्य रुपा आले मगरले गर्नु भयो । स्थानीय ५१ वर्षीय दिपक आले मगरले ८७ वर्षीय आमा रुपा आले मगरको नाममा १० लाख लगानी गरेर गणेश र सरस्वतीको मूर्ति सहितको मन्दिर निर्माण गरी समाजकै लागि उदाहरणीय कार्य गर्नु भएको छ ।

     विदेशबाट कमाएको पैसा छोराछारी पढाएर बचत रकमले धार्मीक, साँस्कृतिक महत्वको मठ मन्दिरको जर्गेना गर्नु पर्ने आवश्यकता ठानेर एवं नैतिक आचरण र अनुशासनमा सबैको ध्यान केन्द्रित गर्न आफूले मन्दिर निर्माण गरेको स्थानीय मगरले बताउनु भयो । शिवरात्रीको  दिनमा अरु वडाका एक दर्जन जेष्ठ नागरिकलाई  खादा ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिका वडा नंं १४ को वडा सदस्य शान्ता कार्की, स्थानीय समाजसेवी दिनेश पण्डीत , एवं मगर गाँउका ४३ घर धुरीका स्थानीय सरोकारवालाहरुको उपस्थित रहेको थियो । मन्दिर निर्माण क्षेत्रमा विगतमा वि ंसं १९९० साल लेखिएको ईटा समेत फेला पारेको बताएको छ । हाल भने ढुङ्गाबाट कँृदेको मूर्ति देव लामा मार्फत ल्याएको बताएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्