मुक्तिनाथ विकास बैंक बनेपा शाखाले सोमवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तर दायित्व अन्र्तगत आयोजित रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेको शाखा प्रवन्धक विरेन्द्र गिरीले जानकारी दिनु भयो । बनेपा शाखाको तेश्रो स्थापना दिवशलाई लक्षित गर्दै रत्तदान गरेको शाखाले विभिन्न संघ संस्थालाई सहयोग गर्दै सामाजिक उत्तरदायित्व समेत निर्वाह गरिरहेको छ ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकका मानव संसाधन विभाग प्रमुख कृष्ण कुमार के.सी, काठमाण्डौ उप–क्षेत्रीय कार्यलय प्रमूख ज्योति प्रकाश अर्याल , सरंक्षणविद रविन्द्र पुरी, कर्माचारी लगायतको उपस्थित रहेको थियो । बैंकले नेपाल भरी भिजा नेवर्कमा आवद्ध जुन सुकै बैकको एटिएम मेशिनबाट निः शुल्क रकम झिक्न सकिने,मेबाइल बैंकिङ क्युआर कोड, अनलाइन कर्जा आवेदन,इन्टरनेट बैंकिङ खाता मै रेमिट्यान्स जम्मा गर्न सकिने जस्ता सेवाहरुको सुविधा राखेको बताएको छ ।
