ज्योति मिमिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. ९ औं एकीकरण दिवस तथा जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका जेष्ठ सदस्यहरुलाई रु.५०० सहित सम्मान गरेको थियो । संस्थालाई विभिन्न समयमा सहयोग पु¥याउने योगदान गर्नेहरुलाई समेत सम्मान गरिएको संस्थाले जनाएको छ ।
८ करोड ५६ लाख ८५ हजार शेयर पूँजी रहेको संस्थाको कारोबार १ अर्ब ४ करोड ७४ लाख ८८ हजार रहेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालका अनुसार कृषि, व्यपार उत्पादनशिल क्षेत्रमा लगानी गरेर सदस्यमुखि सेवा प्रदान गर्नुका साथै ऋणको पुरै विमा, त्यस्तै पनौती नगरपालिकाको साझेदारीमा पशु विमा रक्तदान र स्वास्थ्य शिविर सञ्चालन गरी सदस्यहरुको वृहला हित गरेको बताउनु भयो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख अतिथ्यता र संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा, पनौती नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बुद्धि सिं थापा, इन्द्रेश्वर क्याम्पस व्यवस्थापन समिति अध्यक्ष तुयुकाजी ताम्राकार, काभ्रेपलाञ्चोक जिल्ला बचत संघका उपाध्यक्ष सागरनाथ कपाली, पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटा लगाएतको कार्यक्रममा आतिथ्यता रहेको थियो । १३ हजार ५ सय शेयर सदस्य रहेको सहकारी संस्थाले सदस्यहरुको जीवन पद्धतीमा समेत परिवार्तन ल्याउने कार्यकारी अघि बढेको कुरा संस्थाका अध्यक्ष उद्धव सापकोटाले बताउनु भयो ।
